लुम्बिनीमा गठबन्धनबाट कांग्रेस, नेकपा एस र राजमोले गरायो उम्मेदवारी दर्ता
लुम्बिनी : राष्ट्रियसभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धनको तर्फबाट लुम्बिनीमा कांग्रेसबाट बाँकेका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्य लक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चा (राजमो) बाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले उम्मेद्वारी दर्ता गरेका छन्। प्रदेश निर्वाचन कार्यालयमा उनीहरू उम्मेदवारी दिन नेता कार्यकतासहित पुगेका थिए।
एमालेले भने उम्मेदवारी दर्ता गराउन बाँकी छ। राष्ट्रियसभा निर्वाचन आगामी माघ १२ हुँदैछ।