ब्रेललिपिमा वार्षिक बजेट

ब्रेललिपिमा वार्षिक बजेट

तानसेन : तानसेन नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट, नगर विकास योजना तथा आर्थिक ऐन २०७८ र विनियोजन ऐन २०७८ ब्रेललिपीमा प्रकाशित गरेको छ । 

तानसेन नगरपालिकाले नेपालमै पहिलो पटक बे्रललिपिमा बजेट पुस्तिका सार्वजनिक गर्ने पालिका बनेको छ । ब्रेललिपि बजेटको नेपाल नेत्रहिन संघ पाल्पाका अध्यक्ष केशव अधिकारीले सार्वजनिक गरेका छन् । प्रतिनिधी सभा, राष्ट्रिय सभा, प्रदेश सरकार, तथा स्थानीय सरकारले समेत ब्रेललिपिमा बजेट पुस्तिका सार्वजनिक गर्ने प्रचलन नभएको समयमा तानसेन नगरपालिकाले दृष्टिविहिन फरक क्षमता भएका व्यक्तिहरुलाई लक्षित गरी वार्षिक बजेट पुस्तिका सार्वजनिक गरेको हो । 

ब्रेललिपिमा प्रकाशित वार्षिक बजेट कार्यक्रममा सहभागी दृष्टिविहिनहरुले अब आफ्नै अक्षरमा तानसेन नगरपालिकाको बजेट पढन पाउँदा खुसी लागेको बताए । नेपालमा अहिलेसम्म हामीले कही कतै पनि व्रेललिपिमा बजेट पढन पाएका थिएनौ तर तानसेन नगरपालिकाले यो अभियान सुरु गरेर संघिय, प्रदेश तथा अन्य स्थानीय सरकारलाई नैतिक दबाव सिर्जना गराएको नेपाल नेत्रहिन संघ पाल्पाका अध्यक्ष केशव प्रसाद अधिकारीले बताए । 

तानसेन नगरभित्रका दृष्टिबिहिन अति खुसी छौ, तानसेन नगरपालिकाको हामी मिलेर ब्रेललिपि वार्षिक बजेट पुस्तिका प्रकाशन गर्न सफल भएका हौ, जसले गर्दा हामी जस्ता फरक क्षमता भएका व्यक्तिहरुको सूचना प्रणालीमा नयाँ आयाम थपिएको दृष्टविहिन एवं अपागं सिर्जनशिल समूहका अध्यक्ष सन्दिप भट्टराईले बताए । हामी हाम्रा कार्यक्रमदेखि नगरका सबै योजना, बजेटको अवस्था ब्रेललिपिको माध्यमबाट पुस्तिका पढ्न पाएका छौ, आगामी दिनमा पनि तानसेन ब्रेललिपि बजेट अन्य बजेटसंगै प्रकाशित गर्न दृष्टिविहिन शिक्षक कृष्ण पराजुलीले तानसेन नगरपालिकालाई सुझाव दिए ।  

हामीले अघिल्लो वर्ष देखि नै ब्रेललिपिमा बजेट सार्वजनिक गर्ने सोच बनाएका थियौ तर कोभिड सक्रमण दर उच्च भएकै कारण सफल हुन सकेनौ यस वर्ष दृष्टिविहिनहरुसंगको सहकार्यमा फरक क्षमता भएका दृष्टिविहिनहरुलाई मात्र लक्षित गरी बजेट पुस्तिका सार्वजनिक गरिएको नगर प्रमुख अशोक कुमार शाहीले बताए ।

अगामी दिनमा वार्षिक बजेटसंगै ब्रेललिपि बजेट पनि सार्वजनिक गरिने नगर प्रमुख शाहीले बताए । यो कार्यले संघिय, प्रदेश तथा अन्य स्थानीय सरकारहरुमा पनि सकारात्मक सन्देश जाओस् भनी तानसेन नगरपालिकाले नेपालमै पहिलो रुपमा ब्रेललिपी वार्षिक बजेट पुस्तिका सार्वजनिक गरिएको नगर प्रमुख शाहीले बताए ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.