एमाले दाङका अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन

एमाले दाङका अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन

दाङ : नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन्। बस्नेत १३ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला अध्यक्ष चयन गरिएका हुन्। 

राति अबेरसम्म चलेको बन्द सत्रले बस्नेतलाई सर्बसम्मत रुपमा अध्यक्ष बनाएको हो। 

बस्नेत तुलसीपुर उपमहानगरपालिका वडा न‍ं. १२ का स्थायी बासिन्दा हुन्। बस्नेत यसअघि पार्टीको जिल्ला उपाध्यक्षको जिम्मेवारीमा थिए। पार्टी विभाजन हुँदा उनले अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए। 

त्यस्तै उपाध्यक्षमा जिल्ला उपाध्यक्षमा राममणी पाण्डे, सचिव मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हिरा देवी पुन चयन गरिएका छन्। तीन वर्षे कार्यकालका लागि एमाले जिल्ला कमिटी १२१ सदस्यको निर्माण गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.