लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी

लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी

राजविराज : भारतबाट साइकलमा ठूलो परिमाणमा लागु औषध ओसारिरहेका दुई जना युवालाई सप्तरी प्रहरीले शुक्रबार पक्राउ गरेको छ। लागु औषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको सप्तरी प्रहरीले राजगढ गाउँपालिका–६ बनैनिया बरदाही जाने भित्री सडक खण्डबाट लागु औषधसहित सप्तरीको विष्णुपुर गाउँपालिका–४ का २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोईलाडी गाउँपालिका–८ का २० वर्षीय परमानन्द महतोलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट ४०८ क्याप्सुल एपिएम प्रोक्सिभन, ४ बोतल डाइलेक्स डिसी र ४ ट्याब्लेट नाइट्राभेट–१० बरामद भएको एसपी अबिनारायण काफ्लेले बताए। भारतबाट नेपालतर्फ साईकलमा आइरहेका बेला बनैनिया बरदाही जाने भित्री सडक खण्डबाट पक्राउ परेका उनीहरुले कालो रंगको झोलामा लागु औषध ओसारिरहेका थिए। पक्राउ परेका आरोपितहरु विरुद्ध लागु औषध शिर्षकमा उजुरी दर्ता गरी थपअनुसन्धान कार्य भईरहेको डिएसपी माधवप्रसाद काफ्लेले बताए।

दुई साता अघि सप्तरी प्रहरीले खैरौ हेरोइनसहित ४ जना पक्राउ गरेको थियो। हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट सिरहाका २ जनाको साथबाट ८ ग्राम ५५० मिलिग्राम खैरौ हेरोइन बरामद भएको थियो।

यस्तै दुई साता अघि सप्तरीको कञ्चनरूप नगरपालिकाबाट २ जना भारतीय नागरिकलाई २२ ग्राम खैरो हेरोइन (ब्राउन सुगर)सहित प्रहरीले पक्राउ गरेको थियो। 
यस्तै पुस १० गते राजबिराज नगरपालिका–२ गुलाब ग्यारेजमा राखिएको ना.८ ख ५८३७ नम्बरको बिशाल मेट्रो बसबाट प्रहरीले २ हजार १ सय ट्याब्लेट नाइट्रोभेट–१०, एक सय मिलिग्रामको ३ सय ९९ बोतल डाइलेक्स डिसी सिरफ र २ सय ८८ क्याप्सुल प्रोक्सीभोन बरामद गरेको थियो। बस राजविराजबाट काठमाडौं जान लागेको थियो।

प्रहरीले लागु औषधका पटके आरोपित सोही बसका सहचालक सप्तरीको कञ्चनरूप नगरपालिका–८ का संजय भुजेल र बोदे बरसाईन नगरपालिका– ५ जाँजरका २१ वर्षीय अब्दुल मियाँलाई पक्राउ गरी कारवाही थालेको छ। खुल्ला सिमानाको फाइदा उठाउदैं पर्याप्त मात्रामा लागु औषधहरू छिमेकी मुलुक भारतीय सीमाबाट प्रवेश हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी काफ्लेका अनुसार पैदल, साइकल, अटो रिक्सा, मोटरसाइकललगायतमा लोड गरी लागु औषधहरू भारतबाट सप्तरी भित्रिने र बसमार्फत काठमाडौं सम्म पुग्ने गरेको बताए।

लागु औषध नियन्त्रण ऐन, २०३३ अनुसार लागु औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने पदार्थ र सरकारले तोकिदिएको प्रकृतिक तथा कृतिम लागुऔषध बुझिने प्रहरीले जनाएको छ।

नेपालको कानुन अनुसार लागु पदार्थको अबैध ओसार पसार, संचय तथा प्रयोग गर्न बन्देज लगाएको छ। लागु औषधको दुरुपयोगको समस्या दिनानुदिन बढीरहेकाले सप्तरी प्रहरी आक्रमक शैलीमा लागु औषध नियन्त्रणमा लागेको एसपी काफ्लेले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.