एमाले पाल्पा अध्यक्षमा धनेन्द्रराज घिमिरे सर्वसम्मत

एमाले पाल्पा अध्यक्षमा धनेन्द्रराज घिमिरे सर्वसम्मत

तानसेन : नेकपा एमाले पाल्पा अध्यक्षमा धनेन्दराज घिमिरे सर्वसम्मत भएका छन्। नवौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा देवीलाल लामिछाने, सचिव भोजराज पोखरेल(रामजी) सहसचिवमा टिका थापा र सुनिता शर्मा चयन भएका छन्। अध्यक्ष घिमिरे दुई पटकसम्म पाटी सचिव भएर काम गरिसकेका छन् भने, उपाध्यक्ष लामिछाने यस अघि जिल्ला कमिटी सदस्य भई पाटीको काम गर्दै आएका थिए।

सचिव पोखरेल विधार्थी राजनीतिबाट पाटी राजनीतिमा उदाएका युवा व्यक्ति हुन्। निर्वाचित भएका उपसचिव थापा पनि विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय भएका थिइन्। थापा हाल बगनासकाली गाउँपालिका- ३ का वडा अध्यक्ष रहेका छन्। शर्मा भने महिला राजनीतिमा सक्रिय हुँदै आएकी थिइन्।

सर्व सहमतबाट नेतृत्व चयनको लागि रातभरीको कसरतबाट लुम्बिनी सह ईन्चार्ज दलबहादुर राना, पोलिटिव्युरो सदस्य एवं  जिल्ला ईन्चार्ज ठाकुर गैरे, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलको सहजीकरणमा शनिबार बिहान ४ बजे घिमिरेको अध्यक्षतामा नयाँ जिल्ला कमिटी घोषणा गरिएको हो। 

जिल्ला कमिटीमा दशै वटै पालिकाबाट ८१ वडा समेट्ने गरी ८१ जना, विभिन्न भातृ संगठनका गरी एक सय पाँच जना जिल्ला कमिटी सदस्य चयन भएका छन् भने अन्य १५ जना जिल्ला कमिटीको बैठकले मनोनित गर्ने बताइएको छ। एमाले पाल्पाले यस अघि भएका वडा, पालिका तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि छनोट पनि सहमतिको आधारमा टुङ्गाएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.