दृढ संकल्पले विकास सम्भव : मेयर साह

दृढ संकल्पले विकास सम्भव : मेयर साह

गौर : प्रदेश २ की एकमात्र महिला मेयर हुन् रौतहटको मौलापुर नगरपालिकाकी रिना कुमारी साह। उनको नेतृत्वमा भएको नगर विकासका काम अहिले प्रदेश २ मा अरु नगरपालिकाले समेत अनुशरण गर्न थालेका छन्।

जिल्लाको साविक पतौरा, पथराबुधराम, सोनरनिया र मर्यादपुर गाविसहरुलाई जोडेर २०७३ सालमा मौलापुर नगरपालिका बनेको हो। नौ वटा वडा रहेको मौलापुर नपा अहिले तीव्र विकासको गतिमा छ। २६ हजार ४ सय ३१ जनसंख्या यस नगरपालिकामा छ।

एकदशक अघिसम्म विकासको तहमा निकै पछाडि रहेको मौलापुर नपा जिल्लाको पश्चिमी भेग लालबकैया नदीको चपेटाका कारण पनि थप पीडामा पर्दै आएको थियो।

त्यस समय मौलापुर र आसपासका बासिन्दा स्वास्थ्य, शिक्षा जस्ता आधारभुत सेवा लिन तथा बजारमा किनमेल गर्न सदरमुकाम गौर, कटहरीया , गरुडा र चन्द्रनिगाहपुर तथा छिमेकी जिल्ला बाराको कलैया पुग्नुपर्ने बाध्यता थियो तर अहिले त्यो समस्या टरेको छ।

सडक, पुल नहुँदा वर्षाको समयमा निकै कष्ट झेल्नुपर्ने हुन्थ्यो। पूर्वमा रहेको लालबकैया नदी र बारा जिल्लाको सिमानामा रहेको अरुवा खोलाका कारण मौलापुर नपाको धेरै बस्ति डुवानमा पर्नुका साथै आवतजावतमा नै समस्या हुने गर्दथ्यो। अहिले ठाउँठाउँमा पुल बनेका छन्। सडक कालोपत्रे भएपछि साना तथा ठुला सवारी साधन चल्न थालेका छन्।

मेयर साह भन्छिन्, ‘हरेक क्षेत्रमा धेरै समस्या थिए, चुनौतीहरु प्रशस्त थिए तर सकारात्मक सोच र ठोस योजना बनाएर अगाडि बढ्दा सफल हुने रहेछ।’
अहिले मौलापुर नपा ५ वर्षअघि जस्तौ छैन, नमुना नगरको रुपमा विकसित हुँदै गएको चर्चा चल्न थालेको छ।
 
शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि, पर्यटन, कला संस्कृतिको जगेर्ना, धार्मिक तथा पुरातात्विक स्थलहरुको संरक्षण जस्ता काम भएका छन्। टोलका भित्री बाटोहरु पक्की ढलान भएका छन्, भने अन्य नगर तथा मुल सडकहरु जोड्ने बाटोहरु कालोपत्रे भएका छन्। करिव १५ किलोमिटर नयाँ सडक निमार्ण गरेर कालोपत्रे गरिएको छ। पुराना बाटोहरु ढलान र कालोपत्रे गरिएको छ।

नगरपालिकाले महत्वाकांक्षी योजना अन्तरगत २ वर्षमा सुरक्षित आवास कार्यक्रम अन्तर्गत ७ सय २८ परिवारलाई घर मर्मत तथा निर्माण गरेको छ। मौलापुर, मर्यादपुर, पथरा, नन्कार, पतौरा, गम्हरीया लगाएत टोलमा घर बनाउन रकम अनुदान दिएको मेयर साहले जानकारी दिइन्।

नगरपालिकाको अग्रसरतामा ७ करोड १२ लाख लागतमा एकीकृत नमुना बस्ती निर्माण भएको छ। एकीकृत बस्ती बिकास कार्यक्रम अन्तर्गत मर्यादपुरमा २५ परिवार, मौलापुरमा १८ परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको छ।

चारवर्षको अवधीमा नगरपालिकाले करीव १२ बिगाह जग्गा खरिद गरेर शैक्षिक संस्था, सरकारी कार्यालय, एकीकृत बस्ती विकास लगाएतको दिर्घकालीन पूर्वाधार गरीरहेको मालापुर नगरपालिकाले जनाएको छ। नगरपालिकाको सबै वडामा विद्यालय स्थापना भएको छ। अधिकांश विद्यालयको स्तरोन्नती गरिएको छ। मौलापुरलाई  शैक्षिक हब बनाउने उद्देश्य रहेको मेयर साहले बताइन्।

रौतहटमा नै सो नगरपालिकाले स्थानीय राजपत्रसहित नगरपालिका शिक्षा ऐन २०७५, कृषि ऐन, कृषि संस्थान ऐन, सहकारी ऐन, एफएम रेडियो प्रशारण ऐन, प्राविधिक तथा व्यवसायिक तालिम प्रतिष्ठान ऐन र प्रशासनिक कार्यविधि ऐन गरी सातवटा ऐन पारित गरेर लागु गरेको छ। जिल्लाका अन्य स्थानीय तहले स्थानीय ऐन पारित गर्न सकेका छैनन्।

मौलापुर पोलिटेक्निक क्याम्पस सञ्चालन गरिएको छ। सिभिल इन्जिनियरिङको डिप्लोमा तहको कक्षा सञ्चालनमा छ। ‘महिलासँग मेयर कार्यक्रम अन्तर्गत नगरका विपन्न परिवारका उमेर पुगेका छोरीको विवाहमा २५ हजार रुपैयाँ अनुदानको व्यवस्था गरिएको छ।
 
प्राथमिक उपचार केन्द्रमा एक वर्षअघि देखि प्रसूति सेवा उपलब्ध छ भने सरकारी विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण हुँदै आएको छ। सिँचाइका लागि प्रयोग हुँदै आएको कृषि विद्युत मिटरको शुल्क नगरपालिकाले तिर्ने निर्णय भएको छ। सबै वडामा ओभरहेड खानेपानी ट्याङ्की निमार्ण भएका छन्।

सो नगर धुवाँ चुलोमुक्त नगर घोषणा भएको छ। उन्नत जातको बीउबिजन निःशुल्क रुपमा वितरण हुँदै आएको छ। फलफूल तथा अन्न भण्डारणका लागि कोल्डस्टोर निमार्ण भैरहेको छ। नगरपालिकाले मालपोत करमा पूर्णरुपमा  छुट दिएपछि नगरबासी खुशी भएका छन्।

नगरको मुख्य बजारहरुमा निशुल्क रुपमा प्रयोग गर्न सकिने इन्टरनेटको प्रविधि जडान भएको छ भने सुबिधा सम्पन्न बसपार्कको निमार्ण भएको छ। 
इमान्दारिताका साथ पारदर्शी भएर काम गरे जनताको चाहानालाई पूरा गर्न सकिने रहेछ भन्ने अनुभव भएको मेयर साह बताउँछिन्
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.