स्याङ्जा एमाले अध्यक्षमा गैह्रे निर्वाचित
स्याङ्जा : नेकपा एमाले स्याङ्जाको आठौं अधिवेशनबाट सूर्यप्रसाद गैह्रे(पारस) विजयी भएका छन्। मंगलबार सम्पन्न मतगणना अनुसार प्रतिस्पर्धी नारायणप्रसाद मरासीनीलाई १ सय ८३ मतले पछि पार्दै विजयी भएका हुन्।
गेैह्रेले ४ सय ४० मत पाए भने मरासिनीले २ सय ५७ मत पाएका छन्। यसैगरी उपाध्यक्षमा कृष्ण खाँण निर्बिरोध विजयी भए। सचिवमा राजेन्द्र डुम्रेले ३ सय ९४ र उपसचिवद्धयमा विश्व पौडेलले ३ सय ९५ र तारा शर्माले ३ सय ७३ मतसहित निर्वाचित भएका छन्।
सचिवका प्रत्यासी भूपराज अधिकारीले २ सय ८०, उपसचिवका प्रत्यासी सन्तोष केसी र जीवन पौडेलले क्रमशः ३ सय ४६ र १ सय ५८ मत पाएका छन्। पाँच पदाधिकारीसहित १ सय ५ पदका लागि १ सय ४३ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा थिए। दुई समूहबीच भएको चुनावी प्रतिस्पर्धामा उपसचिव पदका उम्मेदवार विश्व पौडेल बाहेक अरु सबै गैह्रे पक्षधरका पदाधिकारी निर्वाचित भएका हुन्।
अन्य पदको मतगणना जारी छ। जिल्लामा ७ सय ९ प्रतिनिधी भए पनि सोमबार भएको मतदानमा ६ सय ९८ मत खसेको थियो।