पृथ्वीनारायण शाहको उपदेश छिमेकी देशले समेत ग्रहण गरे : डाक्टर अहिराज

पृथ्वीनारायण शाहको उपदेश छिमेकी देशले समेत ग्रहण गरे : डाक्टर अहिराज

गुलरिया : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका दिव्योपदेश छिमेकी मुलुकहरुले आत्मसाथगर्दै ग्रहण गरेको प्रदेश २ का निवर्तमान प्रमुख डाक्टर राजेश झा अहिराजले बताएका छन्। बर्दियाको गुलरियामा निर्मित पृथ्वीनारायण शाहको पूर्णकदको शालिक उद्घाटनगर्दै प्रमुख अतिथि झाले नेपालका सरकारले शाहको नामसमेत लिन नचाहने गरेको बताए ।

शाहका दिव्योपदेशहरु पालना गरेका छिमेकी मुलुकहरुले विकासमा गति लिन सफल भएको बताउँदै नेपाली राजनितिक दलहरुले ती उपदेशहरु व्यवहारमा उतार्न नसक्दा देश यो हालतमा पुगेको जिकिर गरे । 
शाहको उपदेश आत्मनिर्भर अर्थतन्त्र, असंलग्न विदेश नीति, व्यापार, राज्य संचालन नीतिलगायतका विचारहरु दूरदृष्टियुक्त रहेकाले त्यसको महत्वलाई उपयोग गर्न अप्टेरो मान्न नहुने प्रष्ट्याए । 

बर्दिया क्षेत्र नम्वर १ का संघीय साँसद संजयकुमार गौतमको पूर्वाधार विकास कोषको १० लाख रुपैया आर्थिक सहयोगमा पृथ्वीनारायण शाहको पित्तलको पूर्णकदको शालिक निर्माण गरिएको निर्माण समितिका सचिव देवकमल पौडेलले बताए । 

गुलरियास्थित वाईपास रोडको चोकमा निर्मित शालिक स्थापनाका लागि स्वर्गिय भारतजंग शाह र उनका भाई त्रिलोक जंगशाहले जमिन सहयोग गरेका हुन् । ठाकुरबाबा नगरपालिका निवासी स्वर्गिय प्रमोदविक्रम राणाको प्रेरणाबाट शालिक निर्माणको अभियान सुरु भएको सचिव पौडेलले जानकारी दिए । पृथ्वी जयन्तीका अवसरमा आयोजित शालिक अनावरणका क्रममा नेपाली सेनाले सलामी अर्पण र झण्डोत्तोलनगर्दै गोलपार्कमा वृक्षारोपण लगायतका कार्यक्रमहरु गरिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.