३०० औं पृथ्वी जयन्ती : 'एकीकरणको मुहानले बिर्सिएको छैन् पृथ्वीको योगदान'
नुवाकोट : नुवाकोटबाटै नेपालको एकीकरण थालेका पृथ्वीनारायण शाहलाई मंगलबार नुवाकोटवासीले उनको योगदान झल्झली सम्झिए। नुवाकोटमा राष्ट्रिय एकता दिवसप्रति सबै समुदायको सक्रियता बढेको छर
विगत १८०१ साल असोज १५ गते आफ्ना नेपाली फौजमार्फत नुवाकोट टांकुरोमा रहेको अशोकवाटिकामा पहिलो पटक विजयी पाइला चालेका पृथ्वीनारायण शाहको ३००औं पृथ्वी जयन्तीको सन्दर्भमा सदियौं पहिले नेपाललाई एकताबद्ध गरेका नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहको योगदान सदियौंसम्म पनि जीवन्त रहेको स्मरण गरिएको छ। उनीहरुले नुवाकोटमै जीवनका अन्तिम क्षण बिताएका शाहको योगदानलाई कुनै पनि बहानामा भुल्न नहुने विचार अगाडि सारे।
पृथ्वीनारायण शाहको २९९औं पृथ्वी जयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिएकोमा उनीहरुले गुनासो व्यक्त गरे। यद्यपि, विदुर नगरपालिकाले पृथ्वी जयन्तीका अवसरमा मंगलवार सार्वजनिक विदा दिएको छ।
नुवाकोटमा मंगलबार ३००औं पृथ्वी जयन्ती नुवाकोटको साततले दरबार राष्ट्रिय संग्रहालय क्षेत्र, पृथ्वीस्मारक देवीघाट र विदुरलगायतका स्थानमा विभिन्न कार्यक्रमगरी मनाइएको छ। नुवाकोटबाटै एकीकरणको पाइला चालेका र नुवाकोटको देवीघाटमा आफ्नो जीवनको अन्तिम क्षण विताएका पृथ्वीनारायण शाहको एकीकरणको योगदानलाई कुनैपनि परिवर्तनको बहानामा भुल्न नहुने सहभागीहरुले बताएका छन्।
स्थानीयस्तरबाट पृथ्वीनारायण शाहले गत १८०१ साल असोज १५ गते नेपाल एकीकरणको विजयी सुरुवात गरेका नुवाकोटको साततले दरवार राष्ट्रिय संग्रहालय र पृथ्वीनारायणले देह त्याग गरेको देवीघाटस्थित उनको पूर्ण कदको शालिक स्थापित देवीघाटमा राष्ट्रिय एकता दिवस मनाइएको हो। सहभागीहरुले नेपाल एकिकरणका नायक पृथ्वीनारायणको योगदानलाई बिर्सिएर सरकारले राष्ट्रिय बिदा नदिनु गल्ती भएको बताए।
पृथ्वीनारायण शाहको योगदानलाई १५ वर्षदेखि परिवर्तनको आडमा सरकारीस्तरबाट बिर्सिएको कार्यक्रममा नागरिकहरुले पृथ्वी जयन्ती मनाउंदै उनको योगदान भुलेको गुनासो गरेका छन्। तीनवटै स्थानमा भएको कार्यक्रममा नेपालको इतिहासका नेता तथा शाहवंशीय अगुवा पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै नुवाकोटवासीले उनको पूर्णकदको शालिक रहेको देवीघाट, उनले नुवाकोट विजयपछि १८१६ सालमा आफ्ना सेनाहरुद्वारा निर्माण गरेका साततले दरबार राष्ट्रिय संग्रहालय र विदुरस्थित लोकतान्त्रिक चोकमा एकैपटक उनलाई सर्वसाधारणले गहिरो रुपमा सम्झेर योगदानको चर्चा गरेका छन्।
देवीघाट पृथ्वीनारायणले देहत्याग गरेको र नुवाकोटको टाकुरो एकीकरणमा उनले १८०१ साल असोज १५ गते पहिलो विजय प्राप्त गरेको स्थान हो। तत्कालीन समयमा बाइसे र चौबीसे राज्य रहेको नेपाललाई एकीकरणगरी शाहवंशीय इतिहासमा छुट्टै र महत्वपूर्ण योगदान पु¥याएका पृथ्वीनारायण शाहको योगदानलाई गणतन्त्र र परिवर्तनका नाममा भुल्न नहुने जनप्रतिनिधि, स्थानीयवासी, शिक्षा, संस्कृतिविद तथा सहभागीहरुको भनाई छ।
२२ वर्षकै उमेरमा १८०१ सालमा नुवाकोटवाट आक्रमण गरेर नेपालकोएकीकरण सुरुवात गरेका शाहले वेलकोट, मालाकोट, कान्तिपुर, किर्तिपुरलगायत आक्रमणसंगै विजयी गरेर नेपाललाई एउटै बनाएका थिए। उनले नेपाल एकिकरण गर्नु अगाडि नवक्वाठको नामले चर्चित पछि अपभ्रंशहुंदै यस जिल्लाको नाम नुवाकोट रहन गएको हो।
आफ्नो जीवनको अधिकांश समय एकता युद्ध र नेपाल एकीकरणमै बिताएका पृथ्वीनारायण शाहको जन्म १७७९ सालमा गोरखा र निधन १८३१ सालमा नुवाकोटको प्रसिद्ध तीर्थस्थल देवीघाटमा भएको हो। उनले अन्तिम स्वास फेरेको देवीघाटस्थित ठूलो ढुंगामा पूर्ण कदको शालिक पूर्ननिर्माण गरिएको छ ।
सोहि शालिक परिसरमा पृथ्वी स्मारक संरक्षण समितिको आयोजनामा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको स्मरण गरिएको हो । सो शालिक १६ वर्ष अगाडि तत्कालीन नेकपा माओवादीले बम विष्फोट गराएर ध्वस्त पारेकोमा १२ वर्ष अगाडि पूर्ननिर्माणगरी शालिक पूर्नस्थापना गरिएको हो।
उनले १८१६ सालमा निर्माण गरेको साततले दरबार राष्ट्रिय संग्रहालय र देहत्याग गरेको देवीघाटको त्रिशूली नदीको किनारामा रहेको ढुंगामाथि निर्मित पूर्णकदको सालिक र विदुरमा २९९औं पृथ्वी जयन्ती कार्यक्रम गरिएको हो। नुवाकोटका तीनवटा स्थानमा विविध कार्यक्रमगरी राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्ती मनाइएको हो।
सबै कार्यक्रममा सहभागीहरुले पृथ्वी जयन्तीका अवसरमा बिदा नदिएर सरकारले उनको योगदान बिर्सिएको गुनासो गरे । उनले एकीकरण नगरेको भए नेपाल अहिलेको अवस्थामा नहुने सहभागीहरुले बताए।
देवीघाट पृथ्वी स्मारकमा विदुर नपाका मेयर सन्जु पण्डित, साततले दरबार संग्रहालय क्षेत्रमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुुख सन्तमान तामाङ र विदुर लोकतान्त्रिक चोकमा राप्रपाका केन्द्रीय सदस्य झनकवहादुर प्याकुरेल प्रमुख अतिथी रहेका थिए। उनीहरुले पृथ्वीनारायण शाहकै योगदानवाट नेपाल रहन गएको दाबी गर्दै देशमा जतिसुकै परिवर्तन भएपनि पृथ्वीनारायण शाहको योगदान कोहिसंग पनि तुलना नहुने चर्चा गरे।
देवीघाटमा पृथ्वी स्मारक संरक्षण समितिद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथी विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले पृथ्वीनारायण शाहको पूर्णकदको शालिक तथा उनले देहत्याग गरेको ठूलो ढुंगामा माल्र्यापण गरे। उनले राष्ट्रिय एकता दिवसमा विदुर नपाले बिदा दिन सुरु गरेको र संघीय सरकारले बिदा दिनुपर्ने भनाई अगाडि सारे।
पृथ्वी जयन्तीका अवसरमा सरकारले बिदा कटौती गरेपनि विदुर नपाले बिदा दिएको उल्लेख गर्दै उनले पृथ्वीनारायणको योगदानलाई कसैले पनि टाढा राख्न नहुने बताए।
नेपाल एकीकरणको क्रममा मुख्य राज्य मानिएको नुवाकोटमा रहेको पृथ्वीनारायण शाहले निर्माण गरेको साततले दरबार क्षेत्र, पृथ्वीनारायण शाहको स्मारक क्षेत्र देवीघाट र लोकतान्त्रिक चोकमा विभिन्न झांकी, नाचगान, प्रवचनलगायतका कार्यक्रमगरी पृथ्वीनारायणको सम्झना गरिएको हो। नुवाकोट कुनै बेला २५ वर्षसम्म राजधानीका रुपमा रहेकोमा यसलाई राष्ट्रिय रुपमा बढोत्तरी गर्नुपर्ने पृथ्वी स्मारक संरक्षण समितिका अध्यक्ष गोविन्दलाल चित्रकारले बताए।
उनले कार्यक्रममा सहभागीहरुलाई नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको नेतृत्वमा विभिन्न जातजातिले पुर्याएको योगदान, नेपालको परराष्ट्र नीतिमा दिव्योपदेशले निर्देश गरेका संकेतहरुका बारेमा पनि जानकारी गराइएको बताए। नुवाकोटमाथि पहिलो विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले नुवाकोटमा बसेर काठमाण्डौं उपत्यकामा विजय अभियान सन्चालन गरेका थिए।
पृथ्वीनारायण शाहले तेश्रो प्रयासमा गत १८०१ साल असोज १५ गते नुवाकोट टाकुरोमाथि रहेको राज्यमाथि आक्रमणगरी आफ्ना फैजमार्फत विजय प्राप्त गरेका थिए। नुवाकोटपछि शाहले वेलकोट, किर्तिपुर तथा काठमाडौका राज्यहरुमाथि विजय हात पारेका थिए।