कञ्‍चनपुरको मझगाउँ विमानस्थल : २२ वर्षपछि पुनःसञ्‍चालनका लागि शिलान्यास

कञ्‍चनपुरको मझगाउँ विमानस्थल : २२ वर्षपछि पुनःसञ्‍चालनका लागि शिलान्यास

महेन्द्रनगर : सशस्त्र द्वन्द्वको बेला असुरक्षाको कारण देखाउँदै बन्द भएको कञ्चनपुरको मझागाँउ विमानस्थलको पुनःसञ्चालनका लागि शिलान्यास भएको छ । बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मझगाउँ विमानस्थलको शिलान्यास गरेका हुन् । २०३० सालमा सञ्चालनमा आएको विमान स्थल २०५६ सालमा बन्द भएपछि सञ्चालनमा आउन सकेको थिएन ।

विमानस्थलको २२ वर्षपछि पुनःसञ्चालनका लागि शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री आलले मझगाँउ विमानस्थलमा छिट्टै विमान सञ्चालन हुने बताए । उनले निमार्णका लागि सबैलाइ सहयोग गर्न समेत आग्रह गरे । विमास्थलको पहिलो चरणमारनवे निमार्ण हुनेछ । मझगाउँ विमानस्थलमा १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक संरचना निर्माण हुने छन ।

नागरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माणका लागि २ करोड ५१ लख बजेट विनियोजन गरि ठेक्का सम्झौता समेत गरेको छ । निर्माणको जिम्मा कान्छाराम केएस जेभी निर्माण सेवाले पाएको छ । विमानस्थल पुनःनिर्माणका लागि संघ सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत लगानी रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.