रक्तक्यान्सर पीडित मल्ललाई करिब १ लाख २५ हजार सहयोग

रक्तक्यान्सर पीडित मल्ललाई करिब १ लाख २५ हजार सहयोग

स्याङ्जा : पुतलीबजार नगरपालिका-१४ की १३ वर्षीय समिर मल्लको उपचारमा सहयोग पुरयाउने भन्ने उद्धेश्यले सौन्दर्यकला ब्यवसायीले सोमबार नगद सहयोग गरेका छन। पुतलीबजार नगरस्तरीय सौन्दर्यकला ब्यवसायी समितिले घरदैलोगरी संकलित १ लाख २४ हजार ४ सय ७७ रुपैंयाको चेक हस्तान्तरण गरेको अध्यक्ष माया गोर्खालीले जानकारी दिईन्। 

उनले भनिन्, ‘सामाजिक संजालमा यस्ता अभियान सुरु गरेको देखेपछि हामीले पनि सहयोग संकलन गरेरे बाबुको ज्यान बच्छ भने बचाउनुपर्छ भन्ने लागेर घरदैलोगरी यति रकम संकलन गरेका हौं।’

सौन्दर्यकला ब्यवसायीहरुले मल्लका ठूलाबुवा हरि मल्ललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। केही महिनादेखि मल्ल काठमाण्डौंस्थित शिक्षण अस्पतालमा रक्त क्यान्सरको उपचाररत  छन्। उनका बुवा लक्ष्मण मल्ल बैदेशिक रोजगारका लागि खाडी मुलुकमा छन भने आमा उनकै उपचारका लागि काठमाण्डौंमा छन्। 

कलिलो उमेरमै रक्त क्यान्सर देखिएपछि समिर मल्ल बचाउ अभियान सुरु गरेर रकम संकलन गर्ने अभियान अघि बढाइएको सौन्दर्यकर्मी लिसु अधिकारीको भनाई छ।      

  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.