वीरगन्जमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु

वीरगन्जमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु

वीरगन्ज : वीरगन्जमा कोरोना भाइरस संक्रमणको तेश्रो लहरमा पहिलो पटक एक संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालमा उपचाररत बाराको  महागढी नगरपालिका- ६ का ५० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो। 

वीरगन्जकै तराइ हस्पिटलबाट बिहीबार राति साढे ८ बजे रिफर भइ आएका ती संक्रमित पुरुषको उपचारका क्रममा राति पौने १२ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए। 

डाक्टर सिंहका अनुसार खोकी र दमको समस्या भएपछि ती पुरुष उपचारका लागि बिहीबार दिउँसो तराइ हस्पिटलमा भर्ना भएका थिए।निमोनियाले ग्रस्त ती पुरुषको उपचारका क्रममा तराइ हस्पिटलमै एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। 

संक्रमण पुष्टि भएपछि ती संक्रमित पुरुषलाइ राति साढे ८ बजे नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। डाक्टर सिंहका अनुसार मृत्यु भएका ती पुरुषले कोभिडविरुद्धको खोप लगाएका थिएनन् ।

कोरोनाको तेश्रो लहरमा वीरगन्जमा पहिलो पटक बिहीबार राति कोरोना संक्रमितको मृत्यु भएको डाक्टर सिंहले बताए। यसअघि गत असार २७ गते नारायणी अस्पतालमा उपचाररत पर्साको सखुवा प्रसौनी गाँउपालिका १ की ६० वर्षिया संक्रमित महिलाको मृत्यु भएको थियो। त्यसपछि यता वीरगन्जमा कोहि पनि संक्रमितको मृत्यु भएको थिएन। वीरगन्जमा कारोनाको पहिलो लहरमा ८६ जनाको र दोस्रो लहरमा ३४१ जनाको मृत्यु भएको थियो।

नारायणी अस्पतालमा हाल ७ जना संक्रमित उपचाररत रहेका छन्। कोभिड संयोजक डाक्टर सिंहका अनुसार नारायणी अस्पतालको कोभिड वार्डमा बिहीबार एकै दिन ७ जना संक्रमित भर्ना भएका छन्। तीमध्ये एक जनाको भने उपचारका क्रममा बिहीबार नै राति मृत्यु भएको हो। अहिले अस्पतालमा उपचाररत ७ जनामध्ये १ जनालाई अक्सिजनको सपोर्ट दिएर राखिएको र अरु ६ जना संक्रमितको अवस्था सामान्य रहेको डाक्टर सिंहले जानकारी दिए। 

वीरगन्जमा ८६ को परीक्षण गर्दा ५९ जनामा संक्रमण
नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार बेलुकी ८६ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको छ। परीक्षण गरिएकामध्ये ६८ प्रतिशतमा संक्रमण भेटिएको प्रयोगशालाका प्रमुख डाक्टर प्रभाकर पाण्डेले बताए। 

बिहीबार बेलुकी संक्रमण पुष्टि भएका ५९ जनामध्ये पर्सा जिल्लाका ४३ जना, बाराका ७ जना, रौतहट, महत्तोतरी, काठमाडौं र सिन्धुपाल्चोकका १/१ जना रहेका छन्। 

यसअघि गत बुधबार पनि नारायणी अस्पतालको प्रयोगशालामा  ९४ जनाको पीसीआर परिक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको थियो। यस्तै गत मंगलबार बेलुकी ५३ जनाको पीसीआर परीक्षण गर्दा ६८ प्रतिशतमा अर्थात ३६ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसअघि आइतबार बेलुकी पनि नारायणी अस्पतालकै प्रयोगशालामा ६२ जनाको पीसीआर परीक्षण गर्दा ६० प्रतिशतमा अर्थात ३७ जनामा संक्रमण पुष्टि भएको थियो। गत शुक्रबार पनि नारायणीकै प्रयोगशालमा ६४ जनाको परीक्षण गर्दा ६७ प्रतिशतमा अर्थात ४३ जनामा संक्रमण भेटिएको थियो।
गत बिहीबार ४७ जनाको परीक्षण गर्दा ६५ प्रतिशतमा अर्थात ३१ जनामा संक्रमण पुष्टि भएको थियो। 

गत पुष २८ गते देखि बिहीबारसम्म अस्पतालमा ५०१ जनाको पीसीआर परीक्षण गर्दा ३१२ जनामा संक्रमण भेटिएको प्रयोगशाला प्रमुख डाक्टर पाण्डेले जानकारी दिए। वीरगन्जमा पछिल्लो एक हप्ता यता संक्रमण दर ६० प्रतिशतभन्दा बढी रहेको डाक्टर पाण्डेले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.