दाङको जनसंख्या ७ लाखनजिक

दाङको जनसंख्या ७ लाखनजिक

दाङ : दाङको जनसंख्या करिब ७ लाख पुग्ने प्रक्षेपण गरिएको छ। ६ लाख ६० हजारको आकलन गरिएको भए तापनि गणना २०७८ मा झडै १६ हजार बढी देखिँदा जिल्लाको जनसंख्या ६ लाख ७६ हजार नजिक पुगेको हो। जिल्ला जनगणना कार्यालयका प्रमुख तुलसीराम पोखरेलले जिल्लाको जनसंख्या पौने ७ लाख पुग्ने देखिएको बताए। उनले लगभग ६ लाख ७०÷७५ हजारको सेरोफेरोमा जिल्लाको जनसंख्या रहेको बताए। 

‘हामीले अहिले यति नै भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘विभागले सार्वजनिक गरेपछि मात्रै जिल्लाको वास्तविक जनसंख्या आउँछ।’ जिल्लाले पूर्ण विवरण केन्द्रमा पठाइसकेको भए पनि तथ्यांक कार्यालयले भने तथ्यांक विभागले सार्वजनिक नगर्दासम्म दिन नमिल्ने बताएको छ। १२औं राष्ट्रिय जनगणनामा दाङको जनसंख्या ६ लाख ७६ हजार पुगेको जनगणा अधिकारीको भनाइ छ। 

अबको केही दिनमा नै राष्ट्रिय जनगणना २०७८ को तथ्यांक सार्वजिनक गर्ने गरी आवश्यक तयारी भइरहेको तथ्याक कार्यालय दाङका प्रमुख तुलसीराम पोखरेलले बताए। हरेक १०÷१० वर्षमा गरिने जनगणना यसवर्ष ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित कात्तिक २५ गतेदेखि मंसिर ९ गतेदेखि सञ्चालन भएको थियोे। जनगणनाका लागि दाङमा १ सय ६७ जना सुपरिवेक्षक र ७ सय ३९ जना गणक खटाइएको थियो।

जनगणना अधिकारीका अनुसार जिल्लामा अत्यावधिक जनसंख्या ६ लाख ६० हजारको अनुमान गरिएको थियो। अनुमानित संख्यामा १६ हजार वृद्धि भएको छ। यद्यपि पूर्णविवरण भने सार्वजनिक भएको छ। २०६८ को जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या ५ लाख ५२ हजार ५ सय ६३ छ। यसवर्ष गरिएको जनगणनामा उक्त संख्या वृद्धि भई ६ लाख ७६ हजार पुगेको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.