सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीको फाइनल आज

सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीको फाइनल आज

वीरगन्ज : वीरगन्जमा जारी चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्। शुक्रबार वीरगन्जको आदर्शनगर भएका सेमिफाइनलमा खेलहरूमा जित हात पार्दै दुवैले फाइनल यात्रा तय गरेका हुन्। फाइनल खेल शनिबार हुनेछ। 

शुक्रबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा मधेस प्रदेशलाई २–० गोलअन्तरले पाखा लगाउँदै सुदूरपश्चिमले उपाधिका लागि फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो। सुदूरपश्चिमका लागि खेलको ५३औं मिनेटमा लक्ष्मी बम र ५६औं मिनेटमा सुनीता नेगीले गोल गरेकी हुन्। उक्त खेलको वुमेन अफ दी म्याच नेगी नै घोषित भइन्। यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ३–० गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

एकपक्षीय खेलमा आर्मीका लागि खेलको १७औं मिनेटमा सीताकुमारी चौधरी, २५औं  मिनेटमा अञ्जना चन्द ठकुरी र ४६औं मिनेटमा नीलिमा पाण्डेले गोल गरेका थिए। पहिलो सेमिफाइनल खेलको वुमेन अफ दी म्याच आर्मीकी सीताकुमारी चौधरी घोषित भइन्। प्रतियोगितको उपाधिका लागि यी दुईबीचको फाइनल खेल शनिबार दिउँसो २ बजे हुनेछ। 

तेस्रो स्थानका लागि शनिबार नै मधेस प्रदेश र गण्डकी प्रदेशबीचको खेल हुनेछ। खेल बिहान ९ बजेदेखि सुरु हुने नेपाल हक्की संघका वरिष्ठ उपाध्यक्ष अनिल शर्माले जानकारी दिए। सामाजिक संस्था सानो पाइलाको सहकार्यमा नेपाल हक्की संघले माघ ४ गतेदेखि आयोजना गरेको प्रतियोगितामा मधेस प्रदेश, प्रदेश नम्बर १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र नेपाल आर्मी क्लब गरी ६ टिमले भाग लिएका थिए।

प्रतियोगितको उपाधि विजेताले नगद ५० हजार, उपविजेता टिमले नगद ३० हजार र तेस्रो हुने टिमले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने सानो पाइलाका सञ्चार संयोजक विवेक कर्णले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.