नेपालकै व्यस्त मध्येको एक लुक्ला विमानस्थल फुर्सदिलो

नेपालकै व्यस्त मध्येको एक लुक्ला विमानस्थल फुर्सदिलो

सोलुखुम्बु : नेपालकै व्यस्त विमानस्थल मध्येका एक तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला फुर्सदिलो बनेको छ। पर्यकिय सिजनमा दैनिक १०० भन्दाबढी उडान तथा अवतरण हुने लुक्लामा सिजन सकिएसँगै अहिले दैनिक २÷३ उडानमा सिमित बनेको हो।

नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीका अनुसार पर्यटक सिजन सकिएर चिसो सुरु भएसँगै उडान संख्या सिमित बनेको हो। पछिल्लो समय कोभिडका कारणले गर्दापनि लुक्लाको उडान तथा अवतरण ठप्प जस्तै बनेको उनले बताए। यात्रु नहुँदा विमान कम्पनीहरुले उडान तालिका नै घटाएको छ भने भएका उडानमासमेत यात्रु नहुँदा कार्गो बोक्नुपर्ने बाध्यता रहेको विमान कम्पनीहरुले जनाएको छ।

अहिले लुक्लामा समिट र तारा एयरको एक÷एकगरी दैनिक दुई उडान मात्रै रहेको प्राधिकरण प्रमुख अछामीले बताए। उडान कम भएसँगै प्राधिकरणका कर्मचारीहरुसमेत यतिखेर फुर्सदिला बनेका छन्। सिजनमा उडानको चाप अधिक हुँदा खाने फुर्सदसमेत नहुँने कर्मचारीहरु यतिखेर कार्यालय रुङ्ने जस्तो मात्रै भएको बताइएकोे छ। उपत्यका बाहिरका विमानस्थल मध्ये लुक्ला, पोखरा, सिमिकोट र नेपालगञ्जलाई नेपालको व्यस्त विमानस्थलहरुकोरुपमा परिचित छन्।

चिसोका कारण खुम्बुवासीहरु अन्यत्र जाँदा सो क्षेत्रमा मानिसको चहलपहल समेत नै न्यून रहेको रहेको छ। सगरमाथा क्षेत्रमा पर्ने खुम्बुमा वर्षको २ सिजन भदौ अन्तिमबाट मंसिर मध्यसम्म र चैतबाट असार पहिलो सातासम्मलाई मुख्य पर्यटकिय सिजन मानिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.