राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा मतदान सुरु

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा मतदान सुरु

दाङ : राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ। तीन पदका लागि लुम्बिनीमा निर्वाचन हुन लागेको हो। 

प्रदेशबाट राष्ट्रिय सभा प्रतिनिधित्व गर्ने तीन जनाको लागि दाङको घोराहीमा मतदान सुरु भएको हो। निर्वाचनमा ३ पदका लागि ६ जनाको प्रतिस्पर्धा रहेको छ। गठबन्धनको तर्फबाट सयुक्त उम्मेदवार प्रस्तुत भएका छन् भने एमाले एक्लै चुनावी प्रक्रियामा सामेल भएको छ।
 

सत्तारुढ गठबन्धनबाट तीन जना उम्मेदवार रहेका छन्। दलीय सहमति अनुसार नेपाली काँग्रेस, जनमोर्चा र  एकीकृत समाजवादीका एक/एक जनाले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो)को तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार बनेका छन्। खुलाबाट शर्माले महिलाबाट गैरेले र दलितबाट विश्वकर्माले उम्मेदवारी दिएका हुन्।

नेकपा एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार बनाइएका छन्। लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। राष्ट्रिय सभाको मतभार ७ हजार ७ सय ५८ रहेको छ। लुम्बिनीमा गठबन्धनका उम्मेदवारले चुनाव जित्ने निश्चित प्राय छ। मतभार गठबन्धनका उम्मेदवारमा बहुमत हुने देखिन्छ। 

एक वर्षअघि भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि गठबन्धनका उम्मेदवारले विजय प्राप्त गरेका थिए। राष्ट्रिय सभाको निर्वाचनमा कुल ३०५ मतदाता हुनुपर्नेमा लुम्बिनीमा ९ जना मतदानमा रिक्त छ। ८७ प्रदेश सभा सदस्यबाट ८१ जना र २१८ मतदाता रहेको स्थानीय तहबाट २१५ जनाले मत दिनेछन्।

स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष विपक्षी गठवन्धनका बढी छन्। लुम्बिनीका स्थानीय तहमा कांग्रेसले ११ नगरपालिकामा मेयर जितेको छ भने उपमेयर १० स्थानमा जितेको छ। गाँउपालिकामा अध्यक्ष २७ स्थानमा जितेको छ भने उपाध्यक्ष ३० स्थानमा जितेको छ। त्यस अनुसार कांग्रेसका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी ६३ मतदाता छन्।

माओवादी केन्द्रका ३६ प्रमुख उपप्रमुख रहेका छन्। एकीकृत समाजवादीका ४ जना प्रमुख उपप्रमुख रहेका छन्। जसपाका १३ प्रमुख उपप्रमुख रहेका छन्। जनमोर्चामा ५ प्रमुख उपप्रमुख रहेका छन्। राप्रपाका २ र स्वतन्त्रका ४ प्रमुख उपप्रमुख रहेका छन्।  एमालेका ८८ प्रमुख उपप्रमुख रहेका छन्। प्रदेश सभा सदस्यमा एमालेका ३६, नेपाली कांग्रेसका १९, माओवदाीका १९, जसपाका ४ राजकोका १, एकीकृत समाजवादीका १ प्रदेश सभा सदस्य रहेका छन्।

प्रदेश सभासदस्यको मतभार ४८ र पालिका प्रमुख उपप्रमुखको १८ मतभार रहेको छ। यसरी हेर्दा गठबन्धनका उम्मेदवारहरुको मतभार धेरै हुने देखिन्छ। प्रदेश सांसदको मतभार ३ हजार ८ सय ८८ र पालिका प्रमुख उपप्रमुखको मतभार ३ हजार ८ सय ७० रहेको छ।

निर्वाचनको तयारी पूरा भएको र बुधबार मतदानको मात्रै काम बाँकी रहेको निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.