बेनी–तातोपानी सडक कालोपत्रेको तयारी

बेनी–तातोपानी सडक कालोपत्रेको तयारी

बेनी : म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्ड कालोपत्रे गर्ने तयारी भएको छ। आठ किलोमिटर दूरिको सडक बिस्तार, नाली र पर्खाल निर्माणको काम सकेर कालोपत्रे गर्न सब बेस र बेस राख्ने काम भैरहेको छ। 

११ मिटर फराकिलो सडकको सात मिटरमा डिबिएसडी प्रविधीको कालोपत्रे गर्न लागिएको हो। ठेकेदार कम्पनी लामा–समानान्तरका आयोजना ब्यवस्थापक राकेश सदाले बेनीदेखि तातोपानी खण्डको अधिकांश भाग कालोपत्रे गर्न तयार बनाएको बताए। 

‘विस्तार, पर्खाल र नालीको काम सकिएको ठाउँमा बेस बिछ्याएका छौ,’ उनले भने ‘तातोपानीदेखि सिमखण्डमा विस्तारको काम भैरहेको छ। गर्मी बढेर तापक्रम अनुकुल भएपछि पिच सुरु गर्छौ।’ 

बिस २०७४ असोज ४ गते ४५ करोड रुपैयाँमा १२ किलोमिटर ५०० मिटर सडक २०७६ माघ ४ गते निर्माण सम्पन्न गर्न लक्ष्यसहित ठेक्का सम्झौता भएको थियो। सडक निर्माणमा ढिलाई गरेको भन्दै लामा निर्माण कम्पनीका सञ्चालक प्रतिनिधीसभा सदस्य जिपछिरिङ लामाको तस्वीर सडकमा झुण्डाएर विरोध गरेका थिए। 

बिस २०७५ मा यो सडक योजना सडक डिभिजन कार्यालयबाट पूर्वाधार विकास कार्यालय म्याग्दीमा हस्तान्तरण भएको थियो। कार्यालयका इञ्जिनियर सडक सञ्जय सुबेदीले पछिल्लो समय निर्माणले तिव्रता पाएको बताए। 

उनका अनुसार यो सडकको ठेक्काको म्याद आगामी चैत महिनासम्म मात्र भएकाले पनि निर्माण कम्पनीलाई दवाव परेको छ। चोथौ पटक म्याद थप भएको यो आयोजनाका ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन तथा सामाग्री जुटाउन नसक्दा ढिलाई भएको हो। 

म्याग्दीको ‘लाईफ लाइन’ मानिने २०६३ मा मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक बर्खामा बाढी र पहिरोले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ। म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र बेनी–दरवाङ सडक बाग्लुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन्। 

योजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्म ८ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न २२ करोड ५७ लाख ९३२ रुपैयाँमा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो। पचास प्रतिशत भौतिक प्रगति भएको लाम्पाटा–दरबाङ खण्डका ठेकेदार नौ महिनापछि गत पुष महिनादेखि फर्किएका छन्। 

नाली, पर्खाल निर्माण र विस्तार गरेर कालोपत्रे गर्न ६५ जना मजदुर, दुईवटा एक्साभेटर र दुईवटा टिप्पर परिचालन गरेको सहायक ठेकेदार हिमालयन बिल्डर्सका सञ्चालक निरज भण्डारीले बताए। मजदुर र उपकरण थप गर्ने उनले बताए। 

बेनी–दरबाङ अन्तरगतनै तेस्रो चरणमा सिम–देखि लाम्पाटा खण्डको चार किलोमिटर सडक कालोपत्रे गर्न पुष १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धराले १० करोड ७० लाख २१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए।

ठेक्का प्रतिस्पर्धामा ओमबुद्धले अनुमान गरिएको भन्दा ४३ प्रतिशत घटेर कबोलेको थियो। १० वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएका थिए। ठेक्का सम्झौताको म्याद १८ महिनाको हो। सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्रे, नाली र पर्खाल निर्माण गर्न लागिएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.