नेपालगन्जको आँखा अस्पतालमा मोडुलर अप्रेसन थिएटर

नेपालगन्जको आँखा अस्पतालमा मोडुलर अप्रेसन थिएटर

नेपालगन्ज : नेपालगन्जको भिजन आँखा अस्पतालले नेपालमै पहिलोपटक आँखाको अप्रेसन गर्न ‘मोडुलर अप्रेसन थिएटर’ निर्माण गरेको छ। बुधबार नेपालगन्जमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर फेको तथा जलबिन्दु विशेषज्ञ डा.प्रचण्ड गौतमले आँखा अस्पतालमा पहिलोपटक उक्त थिएटर निर्माण गरेको बताए। ‘नयाँ खुलेका जनरल अस्पतालमा मोडुलर अप्रेसन थिएटर निर्माण गरिएको छ। आँखा अस्पतालमा भने हामीले देशमै पहिलोपटक यस्तो थिएटर निर्माण गरेका हौं,’ उनले भने। 

अस्पतालले झन्डै ५० लाख रुपैयाँको लागतमा एउटा मोडुलर र अर्को सेमि मोडुलर गरी २ वटा अप्रेसन थिएटर निर्माण गरेको छ। विगतको अप्रेसन थिएटरमा दैनिक २०–२५ वटा आँखाको अप्रेसन गर्ने क्षमता रहेकोमा अब दुईवटा मोडुलर अप्रेसन थिएटरबाट दैनिक एक सय जनाको अप्रेसन गर्ने गरी क्षमता विस्तार गरेको छ। मोडुलर अप्रेसन थिएटर महंगो प्रविधि भएकाले सामान्य थिएटरबाट काम भइरहेको डा.गौतमले बताए। उनले भने, ‘यो प्रविधिबाट अस्पतालमा हुने संक्रमणबाट जोगाउन सकिनेछ।’ 

२०७५ माघ २७ गते १५ शैड्ढयाको भिजन आँखा अस्पताल नेपालगन्जमा खुलेको हो। अस्पतालमा जनरल वार्डका बिरामीलाई शैड्ढया निःशुल्क छ। अस्पतालले ३ वटा स्पेसल क्याबिन बनाइरहेको छ। ‘आँखासम्बन्धी कुनै पनि समस्या नेपालगन्जमै उपचार हुने गरी हामी काम गरिरहेका छौं। अबको एक वर्षभित्र आँखाको उपचार गर्न काठमाडौं वा भारत जानुपर्ने बाध्यताको अन्त्य हुनेछ,’ डा.गौतमले दाबी गरे। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.