डडेल्धुरामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि
डडेल्धुरा : डडेल्धुरा जिल्लामा तेस्रो चरणको कोरोना भाइरसको संक्रमण तीव्ररूपमा फैलिँदै गएको छ। शुक्रबार डडेल्धुरामा थप ५५ जना कोरोना संक्रमित थपिएका छन्। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा शुक्रवार नवदुर्गा गाउपालिकाका ३३ सहित डडेल्धुरामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।
स्वास्थ्य कार्यालय डडेल्धुराले सार्वजनिक गरेको सूचना अनुसार डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिकाका ३३ जना, आलिताल गाउँपालिकाका १३ जनामा कोरोना पुष्टि भएको छ। त्यसैगरी जिल्लाको अमरगढी नगरपालिकाका ८ जना र परशुराम नगरपालिकाका १ जना गरी ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको सुचनामा उल्लेख गरीएको छ।
स्वास्थ्य कार्यालय डडेल्धुरा अनुसार अमरगढी नगरपालिकामा ११६ जना, परशुराम नगरपालिकामा ४६ अजयमेरू गाउँपालिकामा १५ जना, आलिताल गाउँपालिकामा २४ जना,गन्यापधुरा गाउँपालिकामा ११ जना, र नवदुर्गामा ३७ जना र भागेश्वर गाउँपालिकामा १८ गरी जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६७ जना रहेका छन्।
प्रतिक्रिया दिनुहोस !