सोलुखोला दूधकोशी हाड्रोपावरको सुरुङमा ४० घण्टादेखि एक कामदार वेपत्ता
![सोलुखोला दूधकोशी हाड्रोपावरको सुरुङमा ४० घण्टादेखि एक कामदार वेपत्ता](https://annapurnapost.prixacdn.net/media/albums/4_20220128142134_EfsHUEJlhP.jpg)
सोलुखुम्बु : निर्माणधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा ४० घण्टा भन्दाबढी समयदेखि वेपत्ता कामदारको अवस्था अझै अज्ञात रहेको छ। बिहिबार बिहान करिब ५ बजे सुरुङ भित्र जाने क्रममा बेपत्ता बाराको कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरीको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।
चौधरीको खोजीका लागि विहिबारदेखि नै नेपाल प्रहरीका १४ र नेपाली सेवाका १२ जना टोली परिचालित भएपनि सुरुङ भित्रको कुन क्षेत्रमा वेपत्ता भएको हो भन्ने पत्ता लाग्न नसक्दा समस्या भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डिएसपी) कवित कटवालले जानकारी दिए। खोजीका लागि करिब २०० मिटर गहिरो सुरुङ भित्र प्रहरी र सेनाको टोली साधन श्रोत सहित सकृय भएपनि अहिलेसम्म फेला पार्न नसकिएको घटना स्थल पुगेर फर्किनुभएका डिएसपी कटवालले बताए।
विहिबार सुरु मार्गमा जाने क्रममा बकेट चुँडिदा १ जना बेपत्ता भएका हुन भने १ जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो। घाईते पर्साको पटेरवा गाउँपालिका ४ का २० वर्षीय अंगत राय थारुको काठमाण्डौस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको आयोजनाले जनाएको छ। थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चनमा निर्माणाधिन उक्त हाईड्रोपावरमा करिब एक महिना अघि गत पुस ११ गते पानी परिक्षणको क्रममा पाइप विस्फोट हुँदा २ जना इन्जिनियरको ज्यान गएको थियो भने एक जना घाईते भएका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)