सरकारविरुद्ध प्रदर्शन र मशाल जुलुश

सरकारविरुद्ध प्रदर्शन र मशाल जुलुश

नुवाकोट : समयमै स्थानीय तहको निर्वाचन हुनुपर्ने माग गर्दै नुवाकोटमा युवा तथा विद्यार्थीहरु आन्दोलित भएका छन्। प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्तरुपमा सरकारलाई दबाब दिँदै नुवाकोटको दक्षिणी भेगमा रहेको वेलकोटगढी नगरपालिकास्थित रातमाटेमा आन्दोलन गर्दै सरकारविरुद्ध नाराजुलशु गर्दै मशाल जुलुस प्रदर्शन गरेको हो। 

राष्ट्रिय युवा संघ नेपाल बेलकोटगढी नगर कमिटी र अनेरास्ववियु वेलकोटगढी नगर कमिटीको आयोजनामा भएको प्रर्दशनसहितको मशाल जुलुसमा युवा तथा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत दहन गरेका छन्। सरकार विरुद्ध नारा जुलुश गर्दै प्रदर्शन वेलकोटगढी–७ स्थित महादेवफाँट बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो। 

उक्त जुलुसलाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य राजु तिवारीले सरकारले समयमै स्थानीय तहको निर्वाचन घोषणा नगरेर जनतामाथि अन्याय गरिरहेको आरोप लगाए। तिवारीले पाँच दलको सरकारले विभिन्न प्रपञ्च रचेर स्थानीय चुनाव नगराउन खोजिरहेको प्रति सचेत रहन समेत जनतालाई आग्रह गरे। 

 
विरोध प्रदर्शनसहितको मशाल जुलुसमा राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय सदस्य सुरेश चित्रकार, अनेरास्ववियु नुवाकोट जिल्ला कमिटी सचिव प्रशान्तजंग पाण्डे, युवा संघका नेता दामोदर पुडासैनी, शंकर मुडवरी, सुन्दर नेपाल, एमाले नुवाकोट जिल्ला कमिटीका नेताहरु नारायण नेपाल, पृथ्वीभक्त राई, अनेरास्ववियु जिल्ला कमिटीका प्रदीप नेपाल, श्रीकृष्ण खतिवडा, राजकुमार तमाङ्गलगायत दुई सय जना भन्दा वढिले सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगरे कडा आन्दोलन गरिने चेतावनीसमेत दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.