विदेश जानेको नक्कली बिमा

विदेश जानेको नक्कली बिमा

काठमाडौं : बिमा कम्पनीका कर्मचारीले नक्कली बिमालेख जारी गरेर वैदेशिक रोजगारमा जानेलाई ठगेको पाइएको छ। प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारीले नक्कली वैदेशिक रोजगार बिमालेख जारी गरी तीन सय बढीलाई ठगी गरेको भेटिएको हो। 

चार वर्षअघि प्राइम लाइफ इन्स्योरेन्सले म्यादि बिमा अन्तर्गत वैदेशिक रोजगार बिमालेख जारी गर्ने प्रयोजनका लागि ३० कर्मचारी नियुक्ति गरेको थियो। नियुक्ति गर्दा तलब, सेवा, सर्त केही पनि निर्धारण गरेको थिएन। हाजिरी हुने व्यवस्था पनि गरेन। कर्मचारी विनियमावली विपरित हचुवाका भरमा तलब तोक्यो। ‘१ वर्षसम्म प्रतिव्यक्ति ८३ हजार भुक्तानी दिनेगरी ३० करोड रुपैयाँ खर्च देखायो। बिमितको हितविपरीत नक्कली बिमालेख जारी गरेको र तलबभत्ता नै निर्धारण नगरी ठूलो रकम खर्च गरेको पाइयो,’ बिमा समितिले भनेको छ। 

कर्मचारीले बदमासी गरेपछि कम्पनिलाई बिमा समितिले १० हजार रुपैयाँ जरिबाना तिराएको छ। ‘बिमितको हितविपरीत नक्कली बिमालेख जारी गरेको र वैदेशिक रोजगार म्यादी जीवन बिमासम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बिमा नगरेको देखिएकाले बिमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई १० हजार जरिबाना  गरेको हो,’ बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने। यस्ता नक्कली बिमालेखबाट जोगिन सर्वसाधारण सजग हुनुपर्ने समितिले औंल्याएको छ। बिमा गरेर ढुक्कले नबस्न नागरिकलाई उनले आग्रह गरे। ‘कम्पनीबाटै प्रमाणित भएको रसिद लिनुपर्छ। जुनसुकै बिमालेखबारे नागरिक सजग हुन जरुरी छ,’ उनले भने, ‘तर, वैदेशिक रोजगार विभागले अनलाइनमार्फत बिमा गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। यसमा पासपोर्ट नम्बर राखेर हेर्न मिल्छ।’ यसलाई अब उठान गर्न आवश्यक नभएको प्राइम लाइफले प्रतिक्रिया दिएको छ। ‘यो ३–४ वर्षअघिको घटना हो। यसपछि धेरै व्यवस्था परिमार्जन भइसकेको छ। कम्पनी यसबारे सजग छ,’ कम्पनीको प्रतिक्रिया छ। 

बिमा गरेपछि श्रमिकहरू विदेश गए। तर उनीहरूलाई सो बिमा किर्ते हो भन्ने थाहै भएन। त्यसमध्ये एक व्यक्तिको वैदेशिक रोजगारको क्रममा मृत्यु भयो। परिवारले प्राइफ लाइफमा दाबी गरे। किर्ते बिमा भएकाले कम्पनीमा मृतकको बिमाबारे कुनै रेकर्ड भेटिएन। तर बिमालेखको कागजमा भने कम्पनीको छाप प्रयोग भएको थियो। यसपछि ठगी मुद्दा दायर भयो। काठमाडौं जिल्ला अदालतले ठगी पनि ठहर्‍यायो। यसपछि कर्मचारीलाई ठगी अभियोगमा जेल चलान भएका थिए। समिति र केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले पनि यसबारे छानबिन गरेका थिए। समितिले कम्पनीसँग त्यसबेलै स्पष्टीकरण लिएको थियो। कम्पनीले यस्तो गल्ती दोहोर्‍याएमा व्यवसाय तथा कारोबारमा रोकदेखि कम्पनी निलम्बन गर्न सक्ने समितिले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.