गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुर्याउन निःशुल्क एम्वुलेन्स
तानसेन : आमा र बच्चाको ज्यानलाई पूर्ण सुरक्षित राख्न पाल्पाको रम्भा गाउँपालिकाले पालिका भित्रका सबै गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थासम्म आवतजावतका लागि निःशुल्क एम्वुलेन्स सेवा संचालन गर्दै आएको छ।
सबै गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा स्वास्थ्य संस्थाहरु पुर्याई सुत्केरी गराई आमा र बच्चाको जीवनलाई सुरक्षित बनाउन रम्भा गाउँपालिकाले गर्भवती महिलाहरुको लागि निःशुल्क एम्वुलेन्स सेवा संचालन गर्दै आएको हो। चालु आर्थिक वर्ष बाट सुरु भएको महिला सुत्केरी एम्वुलेन्स सेवाबाट मंसिर महिनासम्म ९८ जना गर्भवती महिलाले सेवा लिएका छन्।
गाउँपालिकाले पालिका भित्रका सबै वडाहरुमा नर्स सहितको २४ सै घण्टाको बर्थिङ्ग सेवा संचालनमा ल्याएको छ। पालिका भित्रकै स्वास्थ्य संस्था व्यस्थित र क्रियासिल बनाउन गाउँपालिकाले पालिका भित्रकै स्वास्थ्य संस्थामा सुत्केरी हुने महिला लाई आते जाते दुवै तर्फको एम्वुलेन्स सेवा प्रदान गर्दै आएको छ भने पालिका बाहिरको स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको लागी एकतर्फी एम्वुलेन्स सेवाको सुविधा दिदै आएको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए।
प्रतिक्रिया दिनुहोस !