छुट्टाछुट्टै दुर्घटनामा दुई युवकको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुई युवकको मृत्यु

नुवाकोट : नुवाकोटको दुई छुट्टाछुट्टै स्थानमा बुधबार भएको सडक दुर्घटनामा दुई युवकको ज्यान गएको छ। किस्पाङ र लिखु गापामा भएका सडक दुर्घटनामा दुई जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

किस्पाङ गाउँपालिका–५ नयाँपुलमा बुधबार बेलुकी ना३ख ८७०० नम्बरको टिपरले विपरित दिशाबाट आइरहेको बा७१प ४६७६ नं.को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक किस्पाङ–५ मानेगाउँका ३२ वर्षीय यमवहादुर तामाङको ज्यान गएको नुवाकोट प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रुपेश खड्काले जानकारी दिए। उनका अनुसार प्रहरीले टिपरलाई नियन्त्रणमा लिएको छ भने त्यसका चालक फरार रहेका छन्। 

यता छहरे–गंगटे सडकमार्गको बीचमा रहेको लिखु गापा–३ डुंडेवगैचामा बुधबार बेलुकी नै भएको सडक दुर्घटनामा परी स्थानीय ५५ वर्षीय रामशरण जर्घामगरको ज्यान गएको छ। अँध्यारोमा भएको दुर्घटनामा पैदल हिंडिरहेका स्थानीय जर्घामगरलाई सडकमा गाडीले ठक्कर दिएर भागेको स्थानीयवासीले बताएपछि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रुपेश खड्काले जानकारी दिए। 

दुवै जना मृतकको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ। दुबै घटनाको प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरिसकेको नुवाकोट प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.