साउदीबाट शव ल्याइदिन हारगुहार

साउदीबाट शव ल्याइदिन हारगुहार

धनकुटा : विदेशमा श्रीमान्को मृत्यु भएको ४ महिना बितिसक्दा पनि शव नआएपछि छथरजोरपाटी गाउँपालिका–५ परेवादिनकी विष्णुमाया लिम्बू चिन्तामा छिन्। साउदीमा बितेका श्रीमान्को शव नेपाल ल्याउन पहल गरिदिन सरकारसमक्ष उनले अनुरोध गरेकी छन्।

उनका श्रीमान् ३९ वर्षीय रामकुमार लिम्बूको असोज २६ गते उपचारका क्रममा निधन भएको थियो। उनी १८ वर्षदेखि साउदीस्थित ‘एइड दहिम अल हामउड एन्ड पार्टनर्स ट्रेडिङ एन्ड कन्ट्रयाक्टिङ’ कम्पनीमा मजदुरी गर्थे। उनी बाटोमा काम गरिरहेका थिए। त्यहीबेला गाडी आउँदा त्यसलाई साइड दिने क्रममा उनी पुलबाट खसेर गम्भीर घाइते भएका थिए। उपचारका क्रममा मृत्युु भएको कुरा साउदीमै रहेका उनका साथी युवराज कार्कीले फोनमार्फत आफूलाई जानकारी गराएको विष्णुमायाले बताइन्।

‘मृत्यु हुनुभन्दा एक साताअघि भिडियो कलमा निको भएर चाँडै घर फर्किन्छु भन्नुभएको थियो,’ गहभरी आँसु पार्दै उनले भनिन्, ‘त्यसको एक सातापछि मृत्यु भएको खबर आयो। उहाँको मृत्युको खबर सुन्दा सपना जस्तै लागेको छ।’ विष्णुमाया १४ वर्षीय छोरासँगै मोरङको सुन्दरहरैचा–६ गछियामा सुकुम्बासी जग्गामा बस्दै आएका छन्। जिवीकोपार्जनका लागि गछियाखोलामा बालुवा चाल्ने काम गरिरहेको विष्णुमायाले बताइन्।

रामकुमार २०६० मा वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए। बिदाका बेला उनी घर आउजाउ गर्थे। तर, अहिले कोरोना महामारीका कारण आउन पाएका थिएनन्। 

मृतकका साढु कमलकुमार राईले कात्तिकमा शव नेपाल ल्याइदिन वैदेशिक रोजगार बोर्डको सचिवालयलाई निवेदन दिएका थिए। उनका अनुसार वैदेशिक रोजगार बोर्डको सचिवालयले कात्तिक ८ गते राजदूतावास रियाद, साउदी अरबलाई पत्र काटेर मृतक लिम्बूको शव नेपाल पठाउन आवश्यक सहयोगका लागि अनुरोधसमेत गरे।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.