ध्यान केन्द्रका नाममा मासिदै चुरे

ध्यान केन्द्रका नाममा मासिदै चुरे

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका –९ स्थित चुरे क्षेत्रमा ध्यान केन्द्र बनाउने भन्दै बाटो निमार्ण गरिएको छ । चुरेमा डोजर लगाएर कानुन विपरीत बाटो निमार्ण हुन लागेको सुचना पाएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेयलगायत वन अधिकृतहरुको टोलीले उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

डिभिजन वन कार्यालय महेन्द्रनगरले चुरे क्षेत्रको १५ हेक्टर वन विपश्यना साधना धार्मिक वनलाई दिएको थियो । उक्त क्षेत्रमा ध्यान केन्द्र बनाउने भन्दै अनुमति बिना बाटो र अन्य संरचनाहरु निमार्ण हुन थालेपछि डिभिजन वन कार्यालयले रोकेको हो। 

ब्रह्मदेब सव डिजिभन वन कार्यालयका प्रमुख प्रकाश जोशीले चुरे क्षेत्रमा अवैधानिकरुपमा निमार्ण कार्य भएको भन्दै कानुन बमोजिम कारवाही हुने बताए । 'चुरेमा डोजर लगाएर बाटो खनिएको छ, यो अवैधानिक काम हो,' उनले भने, 'हामी अनुसन्धान गरिरहेका छौं, कानुन बमोजिक कारबाही हुन्छ ।'

उनले विपश्यना साधना धार्मिक वनलाई संरक्षणका लागि जग्गा उपलब्ध गराएको भन्दै कानुन विपरीत कार्य भएको बताए । 'हामीले समितिलाई पत्र पठाइसकेका छौं चुरे संरक्षणका लागि दिएको वनमा अनुमति बिना बाटो निमार्ण गर्नु गलत हो,'जोशीले भने ।

विपश्यना साधना धार्मिक वनका अध्यक्ष नारद पाण्डेले उक्त क्षेत्रमा ध्यान केन्द्र बन्न लागेको बताए । 'हामीले त्यहा ध्यान केन्द्र बनाउन लागेका हौं,' उनले भने, 'केही स्थानीयले नबुझेर विरोध गरेपछि काम रोकिएको हो ।'

उनले धार्मिक वन ऐन अनुसार वनले दिएको १५ हेक्टर जग्गामा गतिविधि गर्न पाउने बताउँदै त्यही ऐन अनुसार निमार्ण गरेको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.