कागती गाउँमा परम्परागत वालविवाह हट्यो : श्रीपञ्चमीमा उमेर पुगेकाको विवाह

कागती गाउँमा परम्परागत वालविवाह हट्यो : श्रीपञ्चमीमा उमेर पुगेकाको विवाह

ओखरपौवा : श्रीपञ्चमीको दिन एक दशक अघिसम्म गाउँको महालक्ष्मी मन्दिरमा बालबालिकालाई लस्करै राखेर विवाह गरिने गरेको नुवाकोटको कागती गाउँमा यस वर्ष एउटै पनि वालविवाह भएन। कागतीगाउँका युवा मिलेर वालविवाह मुक्त गाउँ घोषणा गरेसँगै वालविवाह रोकिएको स्थानीय बताउँछन्। 

उक्त गाउँमा भक्तपुरबाट सदियौंदेखि बसाइँ सरेर आएका नेवार समुदायका अधिकांश वलामीहरुको बसोबास छ।  

वालविवाह हटेको जानकारी गराउँदै स्थानीय वडाध्यक्ष चन्द्रबहादुर वलामीले कागती गाउँमा युवा तथा गाउँपालिकाले वालविवाहविरुद्ध सामाजिक जागरण फैलाउनुका साथै सचेतनामुलक कार्यक्रम गरेपछि वालविवाह रोकिएको बताए। उनले श्रीपञ्चमीका अवसरमा आइतबार उमेर पुगेका जोडीको मात्र विवाह भएको बताए। 

भक्तपुरवाट वसाई सरी आएका वलामी समुदाय नेवार भएको कारण केही वर्ष अगाडि अधिकांशले आफ्नो नामको पछाडि थर श्रेष्ठ लेख्न थालेकामा हाल फेरि वलामी नै लेख्न थालेका छन्। यसबाट उनीहरुको मौलिक पहिचान गुम्ने खतरा बढेको स्थानीय वडाध्यक्ष चन्द्रबहादुर वलामी बताउँछन्।  

नौसय ५० घरमा ११ हजार एकसय ४६ जना वलामीको बसोबास छ। उनीहरुले श्रीपञ्चमीका दिन मात्र विवाह गर्ने परम्परागत रहेको थियो। उनीहरुमा शिक्षा बढेको कारण वालविवाह रोकिएको वडाध्यक्ष चन्द्रवहादुर बताउँछन्। हाल अन्य समय र अन्य लगनमा पनि विवाह गर्न थालेका छन्।  

वलामी समुदाय नुवाकोटको ओखरपौवा र मकवानपुरमा रहेका छन्। वलामी समुदायको कुनै निश्चित पेशा नभए पनि हाल उनीहरु सामान्य खेतिपाती र  रोजगारी गर्न थालेका छन्। वलामी समुदायका युवायुवतीहरु कला क्षेत्रमा पनि क्रियाशील छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.