पुल निर्माणमा ढिलाइ, गैँडाटारबासीलाई सास्ती

पुल निर्माणमा ढिलाइ, गैँडाटारबासीलाई सास्ती

रौतहट : चन्द्रपुर नगरपालिकाको गैडाटार स्थित चांदी नदिमा पुल निर्माण गर्न पटक-पटक  म्याद थप भए पनि निर्माण सम्पन्न नभएको भन्दै स्थानीयले गुनासो गरेका छन्। वर्सेनि बाढीको बेला गैँडाटारबासीले चन्द्रनिगाहपुर बजार आउजाउ गर्न निकै सास्ती खेप्नुपर्छ।

दुई वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने उक्त पुलको काम आधा मात्र सकिएको छ। ठेकेदारले एक वर्षअघिदेखि काम नगरे पछि गैँडाटारबासीले संघर्ष समिति नै बनाएर सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको थियो। एमालेका स्थानीय युवा नेता राजु धामी भन्छन्, ‘पुल नबनेकाले स्थानीयले धेरै दुःख पाएका  छन्।’

चन्द्रपुर नपा-३ गैँडाटारका वडा अध्यक्ष बोधनाथ देवकोटाले पुल बनाउने ठेकेदार, सडक कार्यालयलाई पटक-पटक ताकेता गरेपछि ठेकेदारले काम सुरु गरे पनि सुस्त गतिमा काम भइरहेको बताए।

पुल निर्माण संघर्ष समितिका संयोजक लालबहादुर दोङले ठेकेदारको लापर्बाहीले पुल निर्माणमा ढिलाइ भएको बताउँदै, सडक कार्यालय, नगरपालिका, संघीय, प्रदेश सांसदहरू, सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएकोमा ठेकेदारले यस आर्थिक वर्षमा सम्पन्न गर्ने प्रतिबद्घता जनाए पनि काम सुस्त गतिमा भइरहेको बताए। ठेकेदारले प्रतिबद्घता गरेपछि संघर्ष समितिले सबै कार्यक्रम स्थगित गरेको थियो।

डिभिजन सडक कार्यालय चन्द्रपुरले पुल निर्माणमा ढिलाइ भएको स्विकार गर्दै, थपिएको समयमा काम नसके निर्माण कम्पनीविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ।

पुल निर्माण गर्ने ठेकेदार दयारामप्रसाद साहले ३० कात्तिकभित्र दुईवटा स्पान ढलान सम्पन्न गर्ने र बाँकी चारवटा स्पानको ढलान गर्नका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू निर्माणस्थलमा व्यवस्था गर्ने बताएका थिए तर ठेकेदार साहको प्रतिबद्घता अनुसार काम भएको छैन। अझै ४ वटा स्पाम ढलान भएको छैन।
बजेट, वर्षा, कोभिड, निर्माण सामाग्रीको अभावका कारण निमार्णमा ढिलाइ भएको ठेकेदार साहको भनाइ छ।

चन्द्रनिगाहपुर–गैँडाटार जोड्ने पुलको २०७३ पुसमा शिलान्यास गरिएको थियो। पुल बनाउन पप्पु शिवशंकर जेभीले २२ करोड ४४ लाख रुपैयाँमा ठेक्का लिएको थियो। साढे सात मिटर चौडाइ रहेको उक्त पुलको लम्बाइ ४ सय ६९ मिटर रहेको छ। ११ वटा स्पाम रहेको पुल २०७६ असारमा सम्पन्न गर्ने सम्झौता थियो। 

पहिलो चरणमा डेढवर्षको लागि म्याद थप भएको थियो भने पछिल्लो समय ६ महिनाको लागि म्याद थप भएको छ। पुलको हालसम्म करीव ६० प्रतिशत मात्र काम सम्पन्न भएको डिभिजन सडक कार्यालय चन्द्रपुरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.