गर्भवतीको हेलिकोप्टरबाट उद्दार
नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको दुर्गम गाउँकी गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । राउतवेशीकी २३ वर्षीया ती महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगतको निःशुल्क हवाई उद्दार सेवाबाट उद्दार गरी अस्पताल पुर्याइएको हो।
प्रसूति व्यथाले च्यापेकी दुप्चेश्वर गाउँपालिका–३ राउतवेशीकी २३ वर्षीया रिता तामाङको हेलिकोप्टरमार्फत उद्धार गरेको दुप्चेश्वर गाउँपलिकाका अध्यक्ष योविन्द्रसिह तामाङले जानकारी दिए । उनको काठमाडौस्थित प्रसुति गृहमा उपचार भइरहेको छ ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अध्यक्ष तामाङका अनुसार राउतबेंशी स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हवाई उद्दार गरि थापाथलीको प्रसूति गृह पठाइएको हो। हवाई उद्दार कार्यक्रम अन्तर्गत हालसम्म दुप्चेश्वर गाउँपालिकाबाट सेवा पाउने तामाङ छैठौं महिला हुन् । यसअघि, पाँचजना सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिसकिएको दुप्चेश्वर गापा कार्यालय समुन्द्रटारले जनाएको छ ।