मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

ढल्केवर: धनुषामा जीप र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ। पूर्व-पश्चिम लोकमार्गअन्तर्गत धनुषाधाम नगरपालिका-९ धारापानीमा टाटा सुमो र मोटरसाइकल ठोक्किएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार १७ वर्षीय महेशकुमार सहनी र २४ वर्षीय मनिष विश्वकर्माको मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।

उनका अनुसार सोमबार दिउँसो २ बजे पूर्वबाट पश्चिमतर्फ आइरहेको मे१ज ३०१८ नम्बरको टाटा सुमो र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २-०२-००१ प ८३४६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए।

घाइते दुबै जनालाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरी निरीक्षक सुवेदीले जनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.