सोलुखुम्बुमा भाँडाकुँडा चोरी गर्ने एक गिरोह पक्राउ
![सोलुखुम्बुमा भाँडाकुँडा चोरी गर्ने एक गिरोह पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/subas_20220223121750_CEt7agyOIt.jpg)
सोलुखुम्बु : सोलुखुम्बुमा विभिन्न भाँडाकुँडाहरु चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको विभिन्न क्षेत्रबाट भाडाँ तथा अन्य सामाग्रीहरु चोरी गरी कवाडीमा बिक्री गर्ने ३ जनालाई चोरी गरिएको सामाग्रीसहित सल्लेरीबाट प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षकऋषिराज ढकालका अनुसार पक्राउ पर्नेहरुमा सोलुदुधकुण्ड नगरपालिका-१ टाक्सिन्दुका २१ वर्षीय रोशन तामाङ, भारतको पश्चित भगांल उत्तरदिनाक्पुर ठाना इटहरा कपासीय घर भएका ५२ वर्षीय साजन अली र सोही ठेगानाका ४३ बर्षीय फाराज अली रहेका छन्।
उनीहरु मध्ये रोशन तामाङले गाउँबाट तामा, पित्तल, फलाम लगायतका समाग्रीहरु चोरी गरेर ल्याउने गरेका थिए भने फराज र साजनले सल्लेरीमा बसेर खरिद गर्ने गरेको प्रहरी निरीक्षक ढकालले बताए।
पक्राउ परेका ब्यक्तिको साथबाट तामाको झ्याँगा २२ थान, बाटा २ थान, लोटा २ थान, डाली १ थान, पैनी ३ थान, खड्कुला ३ थान, पितलको भाँडा १ थान, सिलबरको कुकुर १ थान, सोलार व्याट्री ४ थान, फलामको तराजु १ थान र पेट्रोलमेस ३ थान प्रहरीले बराबद गरेको छ।
गत सोमबार पक्राउ परेका उनीहरुलाई मंगलबार चोरी मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। सामाग्री चोरी भएको विषयमा जिल्लाको फाप्लु क्षेत्रका ४ जनाले प्रहरीमा उजुरी गराएका छन्। अन्य ब्यक्तिहरुको पनि सामाग्री हराएको भए खबर गर्न प्रहरीले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)