महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार खरेललाई

महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार खरेललाई

काठमाडौं : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्। निधिको १००औं जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले खरेललाई १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको हो।  

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई पुरस्कार प्रदान गरिन्। राष्ट्रपति भण्डारीले खरेलसहित झापाका पुराना कांग्रेस नेता पूर्णानन्द शर्मा दाहाललाई पनि १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेकी छन्। यसैगरी यस वर्षको प्रेमसागरी देवी निधि पुरस्कारबाट सरस्वती चौधरी र सुवर्ण ज्वारचन सम्मानित भएका छन्। उनीहरूले पनि १ लाख १ हजार रुपैयाँ प्राप्त गरे। 

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा महेन्द्रनारायणले युवावस्थादेखि गरेको संघर्षको चर्चा गरेकी थिइन्। उनले अहिंसात्मक आन्दोलनका पक्षपाती निधिले सधैं सत्य, न्याय र समानताका पक्षमा आफूलाई उभ्याएर एकता र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिन्।

कार्यक्रममा कांग्रेस पूर्वउपसभापति विलमेन्द्र निधिले सामाजिक र राजनीतिक रूपान्तरणमा आफ्ना पिता महेन्द्रनारायणको योगदान नेपालको राजनीतिक इतिहासमा सधैं स्मरणीय रहेको उल्लेख गरे।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.