मोटरसाइकल दुर्घटनामा एकको मृ्त्‍यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृ्त्‍यु, एक घाइते

तानसेन : कालीगण्डकी करिडोरको राम्दी रामपुर सडकखण्डको हुगीमा मोटरसाइकल दुर्घटनामा  एकजनाको ज्यान गएको  छ।  मृत्यु हुनेमा लु ७ प ५०४३ नम्बरको मोटरसाइकल चालक १७ वर्षीय संदिप न्यौपाने रहेका छन् ।  सोही घटनामा अर्का एकजना घाइते भएको प्रहरीले जनाएको छ। 

हुगीबाट रामपुर जाँदै गरेको मोटरसाइकल हुगीमा दुर्घटना हुँदा घाइते भएका संदिप न्यौपाने र मोटरसाइकलको पछाडि रहेका रामपुर नगरपालिका वडा नं. १० सिकोडाडाका २५ वर्षीय उमाकान्त चापागाई लाई प्रहरीले उद्धार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज पठाएको थियो ।

 न्यौपानेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए । उनका अनुसार  घाइते चापागाईको उपचार भइरहेको छ।  मोटरसाइकल सडकबाट करिब १० मिटर तल खसेको थियो।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.