निर्वाचन कार्यालय अगाडि जनमतका नेता-कार्यकर्ताको धर्ना

निर्वाचन कार्यालय अगाडि जनमतका नेता-कार्यकर्ताको धर्ना

ढल्केवर(धनुषा) : जनकपुरधामस्थित मधेस प्रदेश निर्वाचन कार्यालय अगाडि जनमत पार्टीका नेता, कार्यकर्ताहरुले धर्ना दिएका छन्। शुक्रबार पार्टीको धनुषा कार्यसमितिको नेतृत्वमा प्रदेश निर्वाचन कार्यालय अगाडि नेताकार्यकर्ताहरुले नाराबाजी गर्दै धर्ना दिएका हुन्।

विगत करिब दुई महिनादेखि कृषकहरुको समस्यालाई अघि सार्दै किसान आन्दोलनमा होमिएका डा. सिके राउत नेतृत्वको जनमत पार्टीले चुनाव अघि किसानको माग पूरा गर्नुपर्ने अडान राख्दै आइरहेको छ। आफूहरुको मागलाई मातहतका निकायहरुले बेवास्ता गरेपछि बाध्य भएर प्रदर्शनमा उत्रिनु परेको सहभागी पार्टीका मिथिला नगरपालिकाका नगर अध्यक्ष सरोजकुमार सिंहले बताए।

धर्नामा सहभागी पार्टीका नेता तथा कार्यकर्ताहरुले ‘चुनावअघि किसानको माग पूरा गर, कृषिमन्त्री मुदार्वाद, मुख्यमन्त्री हाई–हाई, किसान आन्दोलन जारी छ’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए। अगामी बैशाख ३० गते आसन्न स्थानीय तहको निर्वाचन अघि किसानको माग सम्बोधन गर्न दबाबस्वरुप निर्वाचन कार्यालयको मूल गेट अगाडी धर्ना दिएको जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहाले जानकारी दिए। 

‘यस विषयमा हामीले आयोगलाई केही दिनअघि ज्ञापन पत्रसमेत बुझाएका थियौं। तर त्यस विषयमा कुनै सुनुवाई नभएपछि धर्ना दिएका हौं,’ अध्यक्ष कुशवाहाले अन्नपूर्णसँग भने। दबाबस्वरुपको यो आन्दोलनलाई समेत बेवास्ता गरे पार्टीले थप संघर्षको कार्यक्रम सार्वजानिक गर्नेपनि उनले उल्लेख गरे।

यसअघि राउत आफैले पनि विरगञ्जमा पत्रकार सम्मेलन गरेर किसानका माग पूरा नभए स्थानीय तहको निर्वाचन अवरोध गर्ने धम्की दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.