सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला वितरण

सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला वितरण

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिका–७ केमलीपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ। मिथिला वाइल्ड लाईफ ट्रष्ट धनुषा र लिली फाउण्डेसन काठमाडौंको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको समन्वयमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो।

पठनपाठनमा टेवा पुग्ने उद्देश्यले झोला वितरण गरिएको मिथिला वाइल्ड लाईफ ट्रष्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलले जानकारी दिए। ‘गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई हातमै किताब बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो। त्यो बाध्यता यस विद्यालयका विद्यार्थीहरुलाई टरेको छ। अब यी बालबालिकाको पठनपाठन सहज हुने विश्वास छ,’ झोला वितरण गर्दै अध्यक्ष मण्डलले भने।

विद्यालयमा अध्ययनरत ३ सय ८४ बालबालिकालाई झोला वितरण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मधेस प्रदेशका अध्यक्ष सोमप्रसाद शर्माले जानकारी दिए। हातमा कपिकिताब बोकेर आएका विद्यार्थीहरु झोलामा राखेर घर फर्किएपछि आफूलाई खुशीको अनुभूती भएको उनले उल्लेख गरे।

झोला पाएपछि विद्यार्थीहरु पठनपाठन तर्फ थप आकर्षित हुने विद्यालयका प्रधानाध्यापक निलप्रसाद वास्तोलाको विश्वास छ। झोला वितरण गर्ने कार्यमा सहयोग तथा समन्वय गर्ने संघसंस्थाप्रति उनले आभार प्रकट गरे।

झोला वितरण गर्ने क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्द सिलवाल, लिली फाउण्डेसनकी लिली कटुवाल, मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साहसहितको उपस्थिती रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.