भत्कियो तानसेनको अमर नारायण मन्दिर
तानसेन : तानसेन नगरपालिका-२ नारायणस्थानमा रहेको अमर नारायण मन्दिर भत्किएको छ। मन्दिरको दक्षिण र पूर्वतर्फको मध्य भागको छानासहितको भाग भत्किएको हो। बुधवार दिउसो करीव दुई बजेको समयमा पहिले पूर्वतर्फको भाग भत्किएको लगत्तै दक्षिण तर्फको भाग भत्किएको हो। मन्दिर काजी अमरनारायण सिंह थापाले नेपाल अग्रेज युद्धको समयमा विस १८६३ सालमा निर्माण गरेका थिए।
मन्दिरको पूर्व दक्षिण भाग भत्किएर पछी कुरुप देखिएको छ। करीव ६ वर्ष अघी तानसेन नगरपालिका र पुरातत्व विभागको सहयोगमा मन्दिरको जिर्णाद्धार गरी गजुरमा सुन लेपन गरिएको थियो। मन्दिरमा पुरातत्व महत्वका बहुमुल्य काठका टुडालहरु रहेका छन। मन्दिरको छानो भत्किएर पछी अहिले सर्वसाधारणहरु लाई मन्दिर प्रवेशमा रोक लगाईएको छ। मन्दिरको पश्चिम र उत्तर तर्फको छानो पनि भत्किने अवस्थामा पुगेको छ। मन्दिरमा सर्वसाधारण व्यक्ति तथा पुजारी नभएको अवस्थामा छानो भत्किदा मानविय क्षती भने भएको छैन।
पाल्पामा यसरी मन्दिर हाल सम्म आफै नभत्किएकोले धार्मिक व्यक्तिहरुले अनिष्ट हुने भन्दै चिन्ता व्यक्त गरेका छन्। म मन्दिर आश्रमै बसेको थिए, दुई बजेको समयमा पूर्वतर्फको छानो भत्किए लगत्तै दक्षिणतिरको भत्किदा प्रत्यक्ष आखाँले देखे, प्रमुख जिल्ला अधिकारी, तानसेन नगरपालिकामा खवर गरेर निरिक्षणको लागि सिडियो, मेयर र प्रहरीहरु आई मन्दिर सर्वसाधारणको लागि बन्द गरेको पुजारी उमा शंकर पोखरेलले बताए। २१५ वर्षको ईतिहास बनाएको ४ तले पुरानो अमनारायण मन्दिरमा बहुमुल्य काठमा कुदिएका चित्रकला उत्कृष्ट काठको कलाकारीता देख्न सकिन्छ।
पाल्पाको भगवती मन्दिर भन्दा पनि पुरानो मन्दिर भएकोले तत्काल जिर्णाद्धारको लागि तीन वटै सरकार चासो दिनुपर्ने, भत्किएका महत्वपूर्ण सरसमानको तत्काल रेकर्ड राखी सुरक्षित स्थानमा राख्नुपर्ने, भत्किएको मन्दिरमा पैसा बाट किन्न नपाईने अमुल्य सरसमान भएकोले २४ सै घण्टा सुरक्षाकर्मी तथा सिसी क्यामेरा बाट मन्दिरको निगरानी गर्नुपर्ने नेपाल रेडक्रस सोसाईटी पाल्पाका सभापती बुद्धि प्रसाद शर्माले बताए।
प्रतिक्रिया दिनुहोस !