मादी बस दुर्घटना : घाइतेको धरानमा उपचार हुँदै

मादी बस दुर्घटना : घाइतेको धरानमा उपचार हुँदै

धरान : संखुवासभको मादी नगरपालिकामा बिहीबार भएको बस दुर्घटनाका घाइतेको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार थालिएको छ। सरकारले दुर्घटनाका घाइते पाँच जनालाई हेलिकप्टरबाट धरान ल्याएर उपचार सुरु गरेको छ। 

हेलिकप्टरबाट धरान ल्याइएकी मादी नगरपालिका ५ की ३० वर्षीया युका पोखरेलको उपचारका क्रममा मृत्यु भएको छ। अन्य चार जना घाइतेको उपचार सुरु गरिएको प्रतिष्ठानका सहायक निर्देशक डाक्टर विकास साहले जानकारी दिएका छन्। 

घाइते मादी नगरपालिका ४ का १९ वर्षीया करिस्मा तामाङ, २४ वर्षीय शुवास तामाङ, मादी ६ का २४ वर्षीया तुलसा कडुवाल र ५० वर्षीय डम्बरबहादुर कार्किको टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेकाले विशेषज्ञ चिकित्सकको टोली परिचालन गरी उपचार थालिएको डाक्टर साहले बताएका छन्। आज बिहान मादीबाट झापा आउँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रु बस दुर्घटनामा परेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.