दुर्घटना हुनु अगाडि नै भएको थियो बसको ब्रेक फेल

दुर्घटना हुनु अगाडि नै भएको थियो बसको ब्रेक फेल

धरान : संखुवासभाको मादी नगरपलिकामा विहीबार भएको बा ४ ख ७३५ नम्बरको यात्रु बस दुर्घटना हुनु अगाडि नै ब्रेकफेल भएको र्दुघटनाका घाईतेले बताएका छन्। मादी नगरपालिका–६का ५० वर्षिय डम्बरबहादुर कार्कीले बस दुर्घटना अगाडि नै ब्रेक फेल भएको बताएका छन्। 

घाइते भएर बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत रहेका कार्कीले सुरुमा हवाईजहाज कराए जस्तो आवाज आएको बताए। गुडिरहेको गाडीको आवाज परिबर्तन भएपश्चात मैले बसका चालक विपिन निरौलालाई गाडी रोक्न अनुरोध गरे तर चालकले बसलाई नियन्त्रणमा लिन नसकेको कार्कीले बताए। बसलाई चालकले नियन्त्रणमा लिन नसकेपछी बसका सबै यात्रुहरु चिच्याउन थाले त्यहिँ बीचमा आफू मरिने हो कि भनेर बसको झ्यालबाट भाग्न खोज्दै गर्दा बस एक्कासी भीरबाट झरेको उनले सुनाए। उनले बस दुर्घटनाहुने भएपछि आफूले बसको सिसा फुटाएर भाग्न खोजेको पनि बताए। गुडीरहेको बसबाट हामफाल्न नसकेपछी अगाडि(दोस्रो लाईनको) सिट पक्रेर बसेपछी बीचमै उछिट्टीएर आफू बच्न सफल भएको उनले बताए। 

कालोपत्रे भएको बाटोमा गाडी कुदाउन सहजै भएपनि बस डेढ किलोमिटर माथि देखि नै अनियन्त्रित भएको उनको भनाई छ। गम्भिर घाईते भएर उपचारका लागि प्रतिष्ठान भर्ना भएकी मादी ५ की ३० वर्षिय युका पोखरेलको उपचारका क्रममा मृत्यु भएको छ। कार्कीसंगै घाईते भएका मादी–४ का १९ वर्षिय करिस्मा तामाङ, २४ वर्षिय शुवास तामाङ र मादी ६ का २४ वर्षिय तुसलसा कडुवाल बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ। 

चारैजनाको टाउको, अनुहार र शरिरका विचिन्न भागमा गम्भिर प्रकारका चोटपटक लागेपनि सबैजनाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रतिष्ठानका सहायक निर्देशक डाक्टर विकास साहले बताएका छन्। घाईतेको उपचारका लागि मादी नगरपालिकाका मेयर विदुर लिङ्थेप हेलिकप्टरमा घाईतेसँगै धरान आएका छन्। उनले पक्की मोटरबाटोमा भएको बस र्दुघटनाबाट सिंगो मादी नगरपालिका सोकमा डुबेको बताए। उनले दुर्घटना पश्चात बस सडकबाट ७० मिटर तल झरेको बताए। 

गाडी मालिक नै थिए चालक

दुर्घटना भएको बसका चालक सुनसरीको इटहरी उपमहानगरपालिका २० घर भएका विपिन निरौला बस संचालक भएको खुलेको छ। दुर्घटनामा परेको बस चालक निरौलाले तीनवटा यात्रुबस संचालन गरी धरान, इटहरी, विराटनगर दमकबाट प्रदेश १ का पहाडि जिल्लाहरुमा यातायात सेवा प्रदान गर्दै आएका थिए।

बैंकबाट ऋण लिएर यात्रु बस संचालन गरेका निरौलाले प्रदेश १ मा यातायात व्यबसायीहरुको सिण्डिकेट विरुद्ध लडेर संखुवासभाको खाँदारी नगरपालिकाबाट पहिलोपटक रात्रि बस संचालन गरेको उनका मामा देबेन्द्र कार्कीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.