किभको भित्री सहरमा पनि रूसको आक्रमण

किभको भित्री सहरमा पनि रूसको आक्रमण

किभ : रूसले युक्रेनको भित्री सहरमा समेत आक्रमण सुरु गरेको छ। आक्रमणको १७औं दिन शनिबार निकोलेभ, निप्रो र क्रोपिभिन्टस्की सहरमा बम आक्रमण गरेको स्थानीय अधिकारीले जनाएका छन्। ‘रूसले आक्रमण भित्रका भागमा पनि सुरु गरेको छ,’ राष्ट्रपति जेलेन्स्कीका पूर्वसल्लाहकार समेत रहेका कान्छा सांसद स्भियातोस्लाभ युराले भने, ‘किभ सहरमा प्रतिरोधको तयारी पूर्णरूपमा गर्दैछौं।’ 

यसैबीच रूसी फौजले मेयरको अपहरण गरेको विरोधमा शनिबार युक्रेनको दक्षिणपूर्वी सहर मेलिटोपोलमा प्रदर्शन गरेका छन्। राष्ट्रपति जेलेन्सकीले मेयरलाई तत्काल रिहा गर्न माग गर्दै रूस ‘आतंकको नयाँ चरणमा’अघि बढेको आरोप लगाएका छन्। किएभमा स्वयंसेवीहरूको सुरक्षा दस्तालाई सहयोग गरिरहेका उनले राजधानी किएभमा रातभर रूसी रकेट प्रहार भएको र बाहिरी क्षेत्रमा युद्ध भइरहेको बताए। ‘भित्रका सहर दसौ लाख मान्छे बस्ने क्षेत्र हो। यदि भित्रछिरे भने उनीहरूले ठूलो प्रतिरोधको सामना गर्नुपर्नेछ,’उनले भने, ‘त्यसो भयो भने त्यो उनीहरूको स्टालिनग्र्याड हुनेछ।’उनले यस्तो भयो भने दोस्रो विश्वयुद्धको स्मरण हुने चेतावनीसमेत दिए। 

यता जर्मन चान्सलर ओलाफ सोल्ज र फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन द्वन्द्वमा तत्काल युद्धविरामका लागि सहमति जनाउन आग्रह गरेका छन्। युक्रेनमा जारी युद्ध रोक्ने अन्तर्राष्ट्रिय पहलको क्रममा उनीहरूबीच शनिबार ७५ मिनेट टेलिफोन वार्ता भएको सोल्जका प्रवक्ताले बताएका छन्। 

यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले युद्धविराम नभएसम्म रूससँग कुनै पनि छलफल अघि बढ्न नसक्ने बताएका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले १ हजार तीन सय युक्रेनी फौजको मृत्यु भएको जानकारी दिए। तर, यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। युक्रेनले फेरि पनि रूसीहरूले दक्षिणी बन्दरगाह सहर मारिओपोलबाट मानिसहरूको उद्धार रोकेको आरोप लगाएको छ। मानिसहरू कठ्याँग्रिदो चिसोमा बिजुलीबिना थोरै खाना र पानीको सहारामा बसेको युक्रेनले जनाएको छ। रूसले युक्रेनको भनाइलाई खण्डन गर्दै मानिसहरूलाई सुरक्षित युद्ध क्षेत्रबाट बाहिरिने निकास मार्ग युक्रेनले अस्वीकार गरेको आरोप लगाएको छ।

चार नेपाली स्वदेश फर्किए
भारतले सञ्चालन गरेको अपरेसन गंगाअन्तर्गत चार नेपाली नयाँदिल्ली हुँदै युक्रेनबाट स्वदेश फर्किएका हुन्। अपरेसन गंगाअन्तर्गत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत सरकार र भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्। हालसम्म करिब ६ सय नेपालीले युक्रने छोडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरू युरोपका विभिन्न देशमा शरण लिएर बसिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.