राजर्षि जनक कपको उद्घाटन खेलमा हिमालयन शेर्पा विजयी

राजर्षि जनक कपको उद्घाटन खेलमा हिमालयन शेर्पा विजयी

मलंगवा : सर्लाहीको बागमती नगरपालिकामा जारी छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको पहिलो दिनको खेलमा नेपाल आईस हिमालयन शेर्पा फुटबल क्लब काठमाण्डौले ध्रुवतारा फुटबल क्लब दमक झापालाई १–० ले पराजित गरेको छ। 

बागमतीस्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृती फुटबल मैदानमा भएको खेलमा हिमालयन शेर्पाले धु्रवतारालाई पराजित गरेको आयोजक बागमती युवा क्लबले जनाएको छ।  

हिमालयन सेर्पाको लागि खेलको ६८ औँ मिनेटमा सुरेश कुमालले गरेको गोलनै पहिलो दिनको खेलको निर्णायक साबित भयो। पहिलो हाफमा बराबरी खेलेका हिमालयन शेर्पा मध्यान्तर पछि निकै आक्रामक देखिएका थिए। 

पहिलो हाफमै राम्रो अवसर पाएका धु्रबताराले मौकालाई सदुपयोग गर्न नसकेपछि हिमालन शेर्पा खेल जित्न सफल भएको थियो। 

प्रतियोगितामा हिमालयन शेर्पाका लागि गोल गरेका कुमार म्यान अफ दि म्याच घोषित भएका छन्। जितसँगै हिमालयन शेर्पा क्वाटरफाईनलमा प्रबेश गरेको छ। यस्तै बिहीवारको प्रतियोगितामा विभागिय नेपाल पुलिस क्लव र नव जनजाग्रिती युवा क्लव सिमरा भिड्ने भएका छन्।

मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब गरी १२ वटा टिमले सहभागिता जनाएका छन्। प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल फुटबल क्लब चितवन, धु्रवतारा स्पोटिङ क्लब दमक र विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुनले भाग लिएका छन्।

प्रतियोगिताको बिजेताले राजर्षि रनिङ सिल्ड नगद १० लाख १ हजार र उपबिजेताले सिल्ड ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.