युक्रेनमा कहाँ–कहाँ पुगे रूसी सेना ?

युक्रेनमा कहाँ–कहाँ पुगे रूसी सेना ?

किभ : रूसले युक्रेनमा आक्रमण गरेको २३ दिन पुग्यो। रूस युक्रेनको राजधानी किभलाई नियन्त्रणमा लिन अघि बढेको छ। तर, बढ्दो हताहतीबीच पनि हालैका दिनमा रूसी प्रगति सुस्त देखिएको छ। किभलाई घेरा हाल्ने र यसलाई नियन्त्रण गर्नेे प्रयासलाई उसले जारी राखेको छ। 

तर, सहर वरपरका ठूला क्षेत्र युक्रेनी नियन्त्रणमा छन्। विशेषगरी दक्षिणमा उनीहरूले नियन्त्रण जमाएका छन्। सहरमा रहेका युक्रेनी सेनाका जनरलहरूका अनुसार उनीहरूको ध्यान रूसी तोपहरूलाई सहरको केन्द्रको दायराबाहिर राख्नमा केन्द्रित छ।

उत्तरबाट चेर्नोबिल हुँदै निपर नदीको पश्चिमतर्फ रूसी सेना अघि बढिरहेका छन्। तर, उनीहरूले केही गम्भीर समस्या भोगेका छन्। धेरै सवारी साधनको इन्धन सकिएको छ। बाटोमा कडा युक्रेनी प्रतिरोधको सामना पनि गर्नुपरेको छ।

किभको उत्तरपश्चिममा रूसी सेना सहरको केन्द्रबाट करिब २५ किलोमिटर टाढा रहेको बुचा र इरपिन उपनगरहरूमा छन्। तर, उनीहरूले इरपिन नदी पार गर्न सकेका छैनन्। त्यो नदी र सहरमा रहेका अन्य नदीका साथै त्यहाँका कठिन भूभागले युक्रेनी सेनालाई रूसी गति सुस्त बनाउन सहयोग गरेको छ।

पूर्वबाट रूसी गति किभको केन्द्रबाट करिब २० किलोमिटर टाढा रहेको ब्रोभरी उपनगरको वरपरै रोकिएको छ। रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका प्रतिरक्षा विश्लेषक जस्टिन ब्रोंकका अनुसार अहिले किभ कब्जा गर्न रुससँग पर्याप्त जलसेना छ भन्नेमा शंका उब्जिएको छ।

दक्षिणमा रूसलाई ठूलो लाभ

रुसी सेनाले दक्षिणी भागमा द्रुत गतिमा सफलता हासिल गरेको छ। दक्षिण–पूर्वमा नागरिकहरू मारिउपोलमा फसेका छन्। यो करिब ५ लाख जनसंख्याको बसोबास रहेको बन्दरगाह सहर हो। यसलाई रूसी सेनाले घेरेको छ। यहाँ बम र बारुदका कारण ठूलो विनाश भएको छ। हालसम्म, सहर कब्जा गर्ने क्रममा जमिनमा रूसी प्रयासहरूलाई रोक्न युक्रेनी सेना सफल भएको छ।

  •   रूसी विमानद्वारा सर्वसाधारणले आश्रय लिएको थिएटरमा बमबारी 
  •     किभको एक आवासीय भागमा खसालेको मिसाइलद्वारा धेरै हताहत 
  •     रूसी नौसेनाले ग¥यो ब्ल्याक सीबाट दक्षिणी सहरहरूमा गोलाबारी 
  •     धेरै क्षेत्रमा फसे सहयोगी सेना  
  •     अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा रूसी राष्ट्रपति पुटिनलाई ‘युद्घ अपराधी’को संज्ञा
  •     युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकी कांग्रेसलाई सम्बोधन, पर्ल हार्बर र ९÷११ को घटना याद दिलाउँदै पश्चिमा देशसँग मागे समर्थन 

पश्चिममा माइकोलाइभमा रूसी प्रगति सुस्त छ। ओडेसातर्फ पश्चिमलाई थप धकेल्न रूसीका लागि सहर कब्जा गर्नु महत्वपूर्ण हुन्छ। ओडेसाको तटमा रहेका रूसी नौसैनिक बलहरूले हालै सहरमा केही गोलाबारी गरेका छन्। उनीहरूलाई रोक्न निक्कै गाह्रो हुने ब्रोंकको भनाइ छ। ओडेसा रूसका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ। किनभने, यसले ब्ल्याक सीमा युक्रेनको पहुँच बन्द गर्नेछ।

पूर्वमा कहाँ पुगे रूसी सेना

दोनेत्स्क र लुहान्स्क क्षेत्रहरूमा लडाइँ जारी छ। रूसी–समर्थित पृथकतावादीले रूसी आक्रमणअघि नै यसका महत्वपूर्ण क्षेत्रहरू ओगटेका थिए।
सेक्रेटिभ वाग्नर संगठनका भाडामा लिइएका सैनिक र चेचेन्याका लडाकुले विभिन्न भागमा रूसी सेनालाई सहयोग गरिरहेको विश्वास गरिन्छ। उत्तर पूर्वमा रूसी सेनाले करिब सुमी सहरलाई घेरेको छ। त्यहाँका महत्वपूर्ण पूर्वाधारमा बमबारी गरेको छ र आपूर्ति मार्गहरू काटेको छ। 

युक्रेनको दोस्रो ठूलो सहर खार्किभलाई घेरा हाल्ने प्रयास त्यति सफल नभएको विश्लेषकले जनाएका छन्। रूसी सेनाका साथ त्यहाँ गोला बारुदको अभाव भएकाले उनीहरूको प्रयास सफल हुन नसकेको बताइन्छ।

खार्किभको आवासीय क्षेत्रहरूमा भएका तोप आक्रमणहरूको संयुक्त राष्ट्रसंघले अनुसन्धान गरिरहेको छ। सम्भावित युद्ध अपराधहरू पत्ता लगाउनु यसको उद्देश्य हो। 
उसले २४ फेब्रुअरी तारिखमा आक्रमण सुरु गरेको थियो। रूसी सेना तीन मुख्य दिशाबाट अघि बढेका थिए। दक्षिणमा रहेको क्रिमियालाई रुसले सन् २०१४ मै आफूमा गाभेको थियो। पूर्वमा दोनेत्स्क र लुहान्स्क क्षेत्रमा रूससमर्थित पृथकतावादीले आक्रमणअघि नै नियन्त्रणमा लिएका थिए। उत्तरतर्फ बेलारुसमा रूसी सेना संयुक्त सैन्य प्रशिक्षण अभ्यासमा भाग लिइरहेका थिए।
    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.