म्यादी प्रहरीमा भर्ना हुनेको 'क्रेज'

म्यादी प्रहरीमा भर्ना हुनेको 'क्रेज'

परासी : पश्चिम नवलपरासीमा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरुको भीड बढेको छ ।  बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि आजदेखि देशभर नै म्यादी प्रहरी भर्ना खुलाइएको छ । भर्नाका लागि गाउँ गाउँबाट आएका युवाहरु बिहान ८ बजेदेखि जिल्ला प्रहरी कार्यालय अगाडि लाइन बसेका छन्।

भर्ना हुनका लागि पुरुषसँगै महिलाको सहभागिता पनि उल्लेखनीय देखिएको छ । जिल्लामा ७ स्थानीय तह छन् । त्यहाँ खटाउन १ हजार २९ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार यादवले जानकारी दिए ।

 ११ गतेसम्म आवेदन दिन पाइने छ । भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । भर्नामा देश तथा छिमेकी राष्ट्रका अवकाश प्राप्त पूर्वसुरक्षाकर्मी, वन रक्षक र विगतका निर्वाचनमा म्यादी प्रहरी रहेकालाई प्राथमिकतामा राखिएको छ । १५ गतेदेखि भर्ना छनौट हुनेछ । छनौटपछि आधारभूत तालिम दिइ निर्वाचनमा खटाइने प्रहरी उपरीक्षक यादवले बताए । 

४० दिन निर्वाचनको काममा खटाइने म्यादी प्रहरीलाई ४३ हजार ४ सय ४० रुपैयाँ दिइने छ । जसमा तलबबापत ३० हजार २ सय ४०, खाद्यान्नबापत ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिदका लागि ६ हजार तोकिएको छ । त्यसबाहेक आउने जाने तयारीबापत १ हजार उपलब्ध गराइने छ । 

निर्वाचनका लागि जिल्लामा १ सय २१ मतदान स्थल तोकिएको छ । अघिल्लो निर्वाचनभन्दा अहिले १ वटा मतदान स्थल बढेको हो । बढाइएको मतदान स्थलमा बर्दघाटको दाउन्ने क्याम्पस छ । मतदान केन्द्र पनि बढ्ने देखिएको छ । अघिल्लो निर्वाचनमा २ सय ५७ मतदान केन्द्र रहेकोमा अहिले २ सय ८६ पूग्ने  निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले जानकारी दिए बताइएको छ ।

स्थानीय निर्वाचनमा जिल्लामा कुल २ लाख ४५ हजार ८ सय ७३ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.