एमाले प्रवेश गर्ने घोषणा गरेका लोसपा नेता राजेशमान सिंह जसपामा प्रवेश

एमाले प्रवेश गर्ने घोषणा गरेका लोसपा नेता राजेशमान सिंह जसपामा प्रवेश

वीरगन्ज : नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता राजेशमान सिंह  सोमबार जनता समाजवादी पार्टी (जसपामा) प्रवेश गरेका छन् ।  सोमबार वीरगन्जमा आयोजित जसपाको पार्टी प्रवेश कार्यक्रममा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नेता सिंहलाई माला र खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् । 

२०७४ को निर्वाचनमा वीरगन्ज महानगरको नगरप्रमुखमा पराजित भएका सिंहले गत माघ २८ गते वीरगन्जमा पत्रकार सम्मेलन गरेर आफू लोसपा परित्याग गरेर एमालेमा प्रवेश गर्ने घोषणा गरेका थिए । उनलाई एमालेमा औपचारिकरुपमा प्रवेश गराउन चैत ८ गते वीरगन्जमा बृहत कार्यक्रम गरेर एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम पनि एमालेले तय गरिसकेको थियो । 

एमालेले वीरगन्ज महानगरको नगरप्रमुखमा उम्मेदवार बनाउने आश्वासन पाएर नेता सिंहले एमाले प्रवेश गर्ने घोषणा गरेको चर्चा चलेको थियो ।  तर, जसपाबाट निर्वाचित वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगी गत फागुन २८ गते एमालेमा प्रवेश गरेपछि नेता सिंह एमाले नेतृत्वप्रति रुष्ट बनेका थिए । 

एमाले नेतृत्वले आगामी स्थानीय तहको निर्वाचनमा वीरगन्जको नगर प्रमुखमा सरावगीलाई उम्मेदवार बनाउने शर्तमा पार्टी प्रवेश गराएपछि नेता सिंह एमाले नेतृत्व प्रति रुष्ट बनेका थिए । नगरप्रमुख सरावगीलाइ एमाले अध्यक्ष ओलीले वीरगन्जमै आएर पार्टीमा प्रवेश गराएपछि रुष्ट बनेका नेता सिंहले एमालेमा भ्रष्टाचारी नगरप्रमुखसँगसँगै रहेर काम गर्न नसक्ने प्रतिक्रिया सामाजिक सञ्जाल मार्फत दिएका थिए । 

सोमबार जसपामा प्रवेश गरेका नेता सिंहलाई जसपाले वीरगन्ज महानगरको नगर प्रमुखमा उम्मेदवार बनाउने लगभग पक्का नै छ।  त्यसको संकेत जसपाका नेताहरुले गरिसकेका छन् । सोमबारको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका संघीय सांसद प्रदीप यादवले जसपाको तर्फबाट आगामी स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरको नगर प्रमुख पदको उम्मेदवार नेता सिंहलाई घोषणा गर्न पार्टी नेतृत्वलाई आग्रह पनि गरे । 

त्यसपछि कार्यक्रमलाई सम्बोधन गरेका जसपा अध्यक्ष उपेन्द्र यादवले पनि नेता सिंह जसपमा प्रवेश गरेसँगै अब वीरगन्ज महानगरले सक्षम र योग्य नेतृत्व पाउने उद्घोष गरे ।  २०७४ सालको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको नगर प्रमुखमा तत्कालिन राजपाबाट चुनाव लडेका सिंह  १२ हजार १ सय ६५ मतका साथ तेस्रो स्थानमा रहेर पराजित भएका थिए । 
२०७० सालको निर्वाचनमा उनी पराजित भएका थिए । 

वीरगन्जमा युवाहरुमाझ लोकप्रिय मानिने नेता सिंह यसअघि तत्कालिन राजपाको महासचिव पनि हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.