रक्तदान गरेर पत्रकारहरूले मनाए स्थापना दिवस
![रक्तदान गरेर पत्रकारहरूले मनाए स्थापना दिवस](https://annapurnapost.prixacdn.net/media/albums/blodd_20220330161026_SseISnYr3B.jpg)
राजविराज : सप्तरीका पत्रकारहरूले राजविराजमा बुधबार रक्तदान गरेर महासंघको स्थापना दिवस मनाएको छ।
नेपाल पत्रकार महासंघ सप्तरीले प्रभात फेरी र रक्तदान गरेर महासंघको ६७औँ स्थापना दिवस मनाएको हो। पत्रकार महासंघ सप्तरीबाट व्यानरसहित निक्लिएको प्रभात फेरी राजविराजस्थित रक्तदान सञ्चार केन्द्रमा पुगेर रक्तदान कार्यक्रममा परिणत भएको थियो। कार्यक्रममा पत्रकारसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र समाजसेवीहरूले रक्तदान गरे।
रक्तदान कार्यक्रममा सप्तरीका एसपी अविनारायण काफ्ले, सशस्त्र इन्स्पेक्टर किसमान तामाङ, महासंघ सप्तरीका अध्यक्ष श्रवण देवलगायतले रक्तदान गरे।
यसैगरी पत्रकारहरू रक्षा चौधरी, ओमप्रकाश साह, हेमशंकर सिंह, रामनारायण यादव, शैलेशकुमार कर्ण, सशस्त्र प्रहरीहरू सजित श्रेष्ठ, कुबेर बोहरा, रबिन राई, कमलप्रसाद गौतम, उद्धवप्रसाद चौलागाई, सामाजिक कार्यकर्ताहरू दिपेशदेव जोशी, रामानन्द देव र रबिन्द्र साहले रक्तदान गरे।
विस २०११ साल चैत १६ गते पत्रकार महासंघको स्थापना भएको दिन देश र विदेशमा रहेका नेपाली पत्रकारहरूले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइरहेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)