राप्ती नदीमा र्याफ्टिङ सुरु
बाँके : लुम्विनी प्रदेशमा पहिलोपटक बाँकेको राप्ती नदी (कुसुम–अगैया) मा जलयात्रा सुरु भएको छ।
जलयात्राको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले शुक्रबार शुभारम्भ गरेका छन्।
जलयात्रा सफल भएको र अब यसलाई व्यवसायिक बनाइने मन्त्री चौधरीले बताए। उनले प्रदेशका ५ स्थानमा जलयात्रा सन्चालन गरिने बताए। सोहि योजना अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका-१ कुसुम बैरियादेखि अगैयासम्म राप्ती नदीमा शुक्रबारदेखि साहसिक जलयात्रा (र्याफ्टिङ) सञ्चालनमा आएको हो।
राप्ती सोनारी गाउँपालिकासँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय बाँकेले र्याफ्टिङ सञ्चालनमा ल्याएको हो।