एनआरटीलाई उपाधि

एनआरटीलाई उपाधि

सिमरा : न्युरोड टिम एनआरटीले जगदम्बा १२औं जितपुर सिमरा गोल्डकपको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा विभागीय टोली एपीएफ क्लबलाई ५–० गोलले पराजित गर्दै एनआरटीले जितपुर सिमरा गोल्डकपको उपाधि उचालेको हो। 

एनआरटीको सिजनकै पहिलो उपाधि हो। यसअघि सुदूरपश्चिम खप्तड र बागमती गोल्डकपमा पराजित भएको एनआरटीले सिमरामा सिजनकै पहिलो उपाधि उचाल्न सफल भएको हो। 

दोस्रो पटक जितपुर सिमरा गोल्डकपमा सहभागिता जनाएको एनआरटीलाई उपाधि दिलाउन स्टेफन समिर, मेसुके ओलोमोउले दुई÷दुई गोल गरे। यस्तै दीपेश घलेले एक गोल थपे। 

विभागीय टोली एपीएफविरुद्ध फराकिलो जित हात पार्ने क्रममा उत्कृष्ट खेल प्रदर्शन गरेको एनआरटीले पहिलो हाफको इन्जुरी समयमा गोलको खाता खोलेको थियो। एपीएफका दीपेश धिमालले विशाल घलानलाई लडाएपछि पाएको फ्रिकिकमा मेसुकेले गोल गरेका थिए। 

पहिलो रोजाइका गोलरक्षक युया कुरियामा घाइते भएपछि एपीएफले राजु नगरकोटीलाई मैदान उतारेको थियो। प्रतिस्पर्धात्मक पहिलो हाफको अन्तिम समयमा गोल खाएपछि एपीएफका समर्थक निराश बनेका थिए। झन्डै १० हजार दर्शकको उपस्थिति रहेको फाइनलमा एनआरटीले खेलको ६०औं मिनेटमा अर्को गोल थपेको थियो। दीपेश घलेले मेसुकेको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए। ७७औं मिनेटमा एनआरटीले तेस्रो गोल थप्यो। दीपेश घलानको पासलाई सदुपयोग गर्दै स्टेफन समिरले गोल गरेका थिए। 

८१औं मिनेटमा एनआरटीले चौथो गोल थपेको थियो। मेसुकेले गोल गर्दै खेल ४–० को स्थितीमा पुर्‍याएका थिए। दोस्रो हाफमा लगातार गोल गरेको एनआरटीले खेलको ८९औं मिनेटमा पाँचौं गोल गरेको थियो। एपीएफको रक्षापंक्ति सम्हालिन नसक्दा स्टेफन समिरले पाँचौं गोल गरेका थिए।  

एपीएफ जितपुर सिमरा गोल्डकपको उपाधि नजिक पुगेर उपविजेता बनेको यो दोस्रो पटक हो। यसअघि दोस्रो संस्करणमा फाइलनमा पुगेको एपीएफ हिमालयन शेर्पासँग पराजित भएको थियो। आहारारा गोल्डकपको उपाधि उचालेको एपीएफले सिजनको दोस्रो उपाधि उचाल्ने अवसर गुमायो। 

एनआरटीले १० लाख नगद पुरस्कार प्राप्त गर्‍यो। उपविजेता एपीएफले पाँच लाख रुपैयाँ चित्त बुझायो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका मेसुके घोषित भए। उनले बेनेली मोटरसाइकल पाए। 

प्रतियोगिताको विधागत पुरस्कारतर्फ एनआरटीले बर्चश्व कायम गर्‍यो। प्रतियोगिताको उत्कृष्ट फरवार्ड एनआरटीका स्टेफन समिर, मिडफिल्डर एनआरटीकै अशोक थापा, गोलरक्षक एनआरटीकै प्रदीप भण्डारी, प्रशिक्षक एनआरटीका राजुकाजी शाक्य घोषित भए। प्रतियोगिताको उत्कृष्ट डिफेन्डर भने एपीएफका राजन गुरुङ बने। 

स्टेफन समिरले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए। उदयीमान खेलाडी आयोजक नव जनजागृति युवा क्लबका सागर चौलागाईं घोषित भए। फेयर प्लेको उपाधि विजय युथ क्लब हेटौंडाले पायो। विधागततर्फ उत्कृष्ट हुनेले जनही २० हजार नगद पुरस्कार पाए।  प्रतियोगिताको विजेतालाई संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले,लगायतले पुरस्कार प्रदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.