कमलामाईका नगर प्रमुख र उपप्रमुखले सुविधाको गाडी फिर्ता गरे

कमलामाईका नगर प्रमुख र उपप्रमुखले सुविधाको गाडी फिर्ता गरे

सिन्धुली : कमलामाई नगरपालिका सिन्धुलीका नगर प्रमुख र उपप्रमुखले सुविधाको गाडी फिर्ता गरेका छन्। आइतबार नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै नगर प्रमुख खड्गबहादुर खत्री र उपप्रमुख मन्जु देबकोटाले नगरपालिकाबाट लिएको सुविधाको सवारी फिर्ता गरिएको जनाएका हुन्।

 
आफ्नो कार्यकाल बाँकीरहे पनि निर्वाचन नजिकिदै जाँदा पार्टीको कामले जनताका माझमा जानुपर्ने भएपछि राज्यले दिँदै आएको सुविधा फिर्ता गरिएको नगर प्रमुख खत्रीले बताए। 

‘निर्वाचन नजिकिदैँ छ। अब निर्वाचनको तयारीका लागि पार्टीका गतिविधि लिएर नागरीकका घरदैँलोमा जानुपर्ने भएपछि सरकारी सुविधा फिर्ता गरिएको हो,’खत्रीले भने। नगरका प्रमुख प्रशासकिय अधिकृत विसकशेन ढकाललाई चाबि हस्तान्तरण गर्दै खत्रीले आइतबारबाटै सरकारी सविधाको गाडी नचढ्ने बताए। 

२०७४ को निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख खत्री र उपप्रमुख देबकोटा दुबैले पुनः निर्वाचनमा उठ्ने जनाएका छन्। नगरप्रमुख खत्री नगर प्रमुखमा पुनः दोह्याउने सोचमा छन भने उपप्रमुख देबकोटा पनि नगर प्रमुखकै दौडमा छिन्। पार्टीले विश्वास गरेर अघि सारे दुबै जना आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेदवारी दिने तयारीमा छन्।

जिल्लामा यसअघि घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलन र उपाध्यक्ष दुर्गा सुनुवारले आफूले चढ्दै आएको गाउँपालिकाको गाढी फिर्ता गरिसकेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.