स्थानीय तह निर्वाचन : भैरहवामा सत्तारुढ दलको गठबन्धन

स्थानीय तह निर्वाचन : भैरहवामा सत्तारुढ दलको गठबन्धन

भैरहवा : सत्ता गठबन्धनमा आवद्ध दलहरुले अगामी स्थानीय निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा तालमेल गरेर अघि बढ्ने निर्णय गरेका छन् । मंगलबार भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी गठबन्धनको आवश्यकता ठहर गर्दै र सोका लागि नगर र वडातहसम्म नै गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।

बैठकले नगरमा गठबन्धनको लागि चार बुँदे निर्णय गरेको छ । नेपाली कांग्रेस नगर सभापति कोशीस बहादुर खड्काको सभापतित्वमा बसेको सत्ता साझेदार दलहरु नेकपा समाजवादी, एकीकृत नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको नगरस्तरीय संयुक्त बैठकले चुनावी संयन्त्र निर्माण गरी छलफललाई थप अगाडि बढाउने निर्णय गरेको हो ।

नगरपालिकाको १३ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय भएको कांग्रेस नगर सभापति कोशिस खड्काले जानकारी दिए । यससँगै सत्तारुढ गठबन्धनले रुपन्देही जिल्लाको १६ वटै तहमा पनि गठबन्धन गरेर अघि बढ्ने उद्घोष गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.