महन्थ ठाकुर अस्वस्थ, भैरहवाबाट काठमाडौं रेफर

महन्थ ठाकुर अस्वस्थ, भैरहवाबाट काठमाडौं रेफर

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन्। पार्टीको कार्यक्रमका लागि रुपन्देहीको भैरहवा आइपुगेका अध्यक्ष ठाकुर विहान ८ बजे अचानक अस्वस्थ भएका थिए। उनलाई तत्कालै भैरहवास्थित भीम अस्पताल पुर्‍याइएको थियो।

डा. सिद्धार्थ पाण्डेले अध्यक्ष ठाकुरलाई अस्पताल ल्याएको पुष्टि गर्दै हल्का निमोनिया देखिएको र अक्सिजन लेभलसमेत कम भएको बताए। अक्सिजन लेभल कम देखिएपछि काठमाडौं रेफर गरिएको उनले अन्नपूर्णलाई बताए।

रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलेले हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको बताए। 'भैरहवाबाट उहाँलाई काठमाडौं लगिएको छ,' उनले अन्नपूर्णसँग भने। 

अध्यक्ष ठाकुर मुटुको बिरामी रहेको र नियमित उपचार गराइरहेको उनी निकट नेताहरुले बताएका छन्। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.