‘विकास एमालेले नै गर्छ’

‘विकास एमालेले नै गर्छ’

धनगढी/ बझाङ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘५ बाख्रा एक ठाउँमा जम्मा भए भैंसी नहुने’ भनी व्यंग्य गरेका छन्। अध्यक्ष ओलीले सोमबार बझाङको चैनपुरमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ५ दलीय गठबन्धनप्रति गर्दै यस्तो व्यंग्य गरेका हुन्।

‘पाँचवटा बाख्रा एक ठाउँमा आए भैंसी बन्दैन। ती बाख्रा नै हुन्छन्,’ उनले भने, ‘अहिले कसै–कसैलाई पाँचवटा बाख्रा मिलेर भैंसीजत्रा भएका छौं, भन्ने भ्रम भइरहेको छ।’ अध्यक्ष ओलीले पाँच दलहरू एमालेसँग चुनाव लड्न नसक्ने बताए। उनले केन्द्रका नेताहरूले बाध्य पारिएजस्तो देखिए पनि पार्टीको तल भने आफूलाई जोगाउन खुसुक्क एमालेसँग मिल्न तयार रहेको दाबी गरे। उनले पाँच दलले एक्लै एमालेसँग जुध्न आए सिङ भाँचिने बताए। ‘एमालेसँग सिङ जुधाए भाँचिन्छ। एमालेसँग जसले सिङ जुधाउँछ, त्यो भाँचिन्छ,’ उनले भने, ‘एमाले अलिकति पछाडि सरेको छ। तर, पछाडि सरेको भेडाले अगाडि सरेर हान्दा कस्तो हुन्छ ? तपाईंहरूलाई थाहै होला।’

ओलीले पाँच दलीय गठबन्धनलाई ‘पाँच मुख भएका खन्चुवा’ को संज्ञासमेत दिए। उनले पाँच दलको गठबन्धनको सरकारले देश रसातलतर्फ पुर्‍याउन लागेको टिप्पणी गरे। सरकार ज्येष्ठ नागरिक भत्ता र कर्मचारीको तलबसमेत खुवाउन नसक्ने अवस्थामा पुग्न लागेको ओलाीको दाबी छ। ‘हामीले ज्येष्ठ नागरिक भत्ता ५ हजार पुर्‍याउने भनेका थियौंं। तर, अहिलेको सरकारले ज्येष्ठ नागरिक भत्ता नै दिन नसक्ने अवस्था आउन थालेको छ,’ उनले भने, ‘हामीले कोरोनाका बेलासमेत कर्मचारीको तलब बढायौं। तर, यो सरकार कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने अवस्थामा छ।’ 

ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरे। चुनावीसभालाई सम्बोधनका क्रममा उनले पाँचै दल मिलेर आए पनि एमाले नडराउने बताए। ओलीले सुदूरपश्चिममा कमिसन मात्रै आएको तर विकास नआएको दाबी गरे। उनले सुदूरपश्चिम विपद्मा पर्दा पनि आएका नेताहरूले ब्यारेकबाहेक जनतासम्म नपुगेको आरोप लगाए। त्यस्तै, ओलीले गठबन्धनको सरकारले चुनाव रोक्न पटक–पटक कोसिस गरेको बताए। उनले भने, ‘तर, हाम्रो खबरदारीले गर्दा यो सरकार पछाडि हटेको छ। पालिकालाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको थियो। देशलाई प्रतिगमनतिर लैजान खोजिएको थियो। जनादेशमा जान डराउनेहरूले बल्लतल्ल चुनाव स्वीकारे।’

गभर्नर निलम्बन प्रकरणबारे बोल्दै ओलीले भने, ‘बिरालो रिसायो भने भुइँ चिथोर्छ भन्थे, अहिलेको सरकारले विरालोको चरित्र देखाएको छ। सरकारलाई एमालेसँग रिस उठेको छ, तर चिथोर्ने काम भने गर्भनरलाई गरेको छ।’

नेकपा एमाले बझाङ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा २ हजार कार्यकर्ता एमालेमा प्रवेश गरेको पार्टीले दाबी गरेको छ। काडमाडौंबाट नेपालगन्जसम्म जहाज र त्यहाँबाट हेलिकप्टरमा बझाङ पुगेका ओली सोमबार नै काठमाडौं फर्किएका छन्। 

बाढी प्रभावित क्षेत्रको निरीक्षण

अध्यक्ष ओलीले हेलिकप्टरबाटै सैपाल हिमाल र बाढी–पहिरोले क्षतिग्रस्त स्थलको निरीक्षण गरेका छन्। उनले २६ वर्षपछि बझाङ आफू निकै खुसी भएको र अब एमालेलाई तीनै तहमा जिताए, यहाँका क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सेती नदीमा तटबन्धन र चैनपुर ताक्लाकोट सडकलाई तीव्र गतिमा अगाडि बढाउने बताएका छन्। त्यस्तै, कार्यक्रममा सम्बोधन गर्दै एमालेका उपाध्यक्ष विष्णु पौडेलले शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकार सिनो जस्तै गन्हाएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.